चित्रबन रंगशाला निर्माणका लागि प्रबासमा करिव ५ लाख रुपैयाँ संकलन


बार्सिलोना/ चितवन जिल्लाको चित्रबन रंगशाला निर्माणका लागि प्रबासमा रहेका नेपालीहरु कस्सिएका छन्। बिभिन्न परोपकारी कामका लागि प्रबासबाट सहयोग पुगिरहेको बेला रंगशाला निर्माणमा पनि नेपालीहरु जुटेका छन्।  नेपालले एउटा खेल जित्दा गर्बले छाती फुलाउँने नेपालीहरु राष्ट्रियस्तरको रंगशाला निर्माणमा पनि हातेमालो गरेका हुन्।received_209409506164998बिभिन्न मुलुकमा रहेका नेपालीहरुबाट करिव ५ लाख रुपैयाँ सहयोग प्रतिबद्दता जुटीसकेको आर्थिक संकलनका लागि अन्तराष्ट्रिय संयोजकका जिम्मेबारी पाएका सोम सापकोटाले बताए। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य तथा डेनमार्कका लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधि समेत रहेका सापकोटाले भने,” बिभिन्न देशमा संयोजक नै तोकेर रकम संकलन गर्न जारी रहेको कम्तिमा १५ लाख रुपैयाँ संकलन गर्ने हाम्रो लक्ष्य रहेको छ।”

चित्रवन रंगशाला निर्माण समिति र चित्रवन युवा तथा खेलकुद विकास समितिले ९५ मिटरको प्याराफिटमा करिव ३ हजार दर्शक अट्ने रंगशाला निर्माण गर्ने जनाएको छ। चित्रवन नगरपालिकाको वडा नम्वर ५ गौचरनमा १० विगाहा क्षेत्रमा हुने खेलकुद मैदान निर्माणका लागि करिव ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।received_209409599498322