युरोपभरका कांग्रेसीहरुको बृहत भेला जर्मनीमा हुँदै


युरोपका विभिन्न देशहरुमा रहेका नेपाली काँग्रेसका भातृसंस्था नेपाली जनसम्पर्क समितिहरुको क्षेत्रिय भेला जर्मनीको बाणिज्य सहर फ्रान्कफोर्टमा आयोजना हुने भएको छ । समितिले आफ्नो १० औं स्थापना दिवसको उपलक्ष्यमा भेलाको आयोजना गर्दै छ।

आगामी डिसेम्बर ११ तारिख हुने भेलामा बिशेष समितिको आगामी नेतृत्वको भूमिका बारे बृहत छलफल हुने भएको छ। यस्तै संगठनको आन्तरिक व्यवस्थापनका बारे समिक्षा गरिने पनि बताईएको छ। युरोपको विभिन्न देशहरुमा रहेका वर्तमान तथा पुर्व महाधिवेशन प्रतिनिधि, महासमिती सदस्य, जनसम्पर्क समितिका बर्तमान तथा पुर्ब अध्यक्षहरु, तथा नेपाली जनसम्पर्क समितिहरुका पदाधिकारीहरु र पंजीकृत एबम सकृय सदस्यहरुलाई भेलामा सहभागी बन्न आयोजकले अनुरोध गरेको छ।

15056311_10209849942939535_5636783074168183019_n