मड्रिड डर्बीमा रोनाल्डोको हृयाट्रिक, रियललाई चार अंकको अग्रता


क्रिष्टियानो रोनाल्डोको करियरको ३९ औं हृयाट्रिकको मदतमा रियलले मड्रिड डर्बीमा शानदार जित हात पारेको छ ।स्पेनिस ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियल मड्रिडले शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडमाथि ३-० गोल अन्तरको जित हात पारेको हो ।

एथलेटिकको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले २३ औं मिनेटमा खाता खोलेका थिए । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो । ७१ औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता दोब्बर पारेका उनले ७७ औं मिनेटमा हृयाट्रक पुरा गरे ।

 हृयाट्रिकसँगै ला लिगामा रोनाल्डोको गोलसंख्या ८ पुगेको छ, जुन मेस्सी र लुइस स्वरेजको बराबर हो । साथै ३१ वर्षे फवार्ड रोनाल्डोले मडि्रड डर्बीमा लेजेन्ड अर्ल्फेडो डि स्टेफानले गरेको १७ गोललाई पनि उछिनेका छन् । दोस्रो स्थानमा रहेको बार्सिलोना मालागासँग बराबरीमा रोकिएपछि रियल मड्रिडले ला लिगामा चार अंकको अग्रता लिएको छ ।
14795911019434