मकाउलाई पराजित गर्दै नेपालले जित्यो सोलिडारिटी कपको उपाधि


१५ नोभेम्बर, एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउ लाई १-० ले पराजित गर्दै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । महादेशीय प्रतियोगितामा नेपाल च्याम्पियन भएको यो नै पहिलो हो ।

विश्वकप २०१८ एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजित सोलिडारिटी कपमा नेपालले यो संगै ह्याट्रिक गरेको छ। 

जनवरी, २०१६ मा राष्ट्रिय टिमले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने नेपालको यू–२३ ले फेब्रुअरीमा गुवहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक हात पारेको थियो ।

मलेसियाको कुन्चिङमा भएको फाईनल खेलमा खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए ।

screen-shot-2016-11-15-at-14-42-18

nepal

screen-shot-2016-11-15-at-14-41-02