एनआरएन उपाध्यक्ष भट्ट स्पेन आउँदै


बार्सिलोना/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्ट स्पेन आउँने भएका छन्। राष्ट्रिय समन्वय परिषद स्पेनसँग छलफल तथा अन्तरक्रियाका लागि उपाध्यक्ष भट्ट बार्सिलोना आउँन लागेका हुन्।

भट्टको सम्मान तथा आतिथ्यतामा नोभेम्बर १५ तारिख मंगलबार आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरिएको एनआरएनए स्पेनले जनाएको छ।कार्यक्रममा उपस्थित हुनको लागि स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरु तथा सर्बसाधरणलाई संघले अनुरोध समेत गरेको छ।

  • कार्यक्रम बारे बिबरण
  • मिति :- १५ नोभेम्बर, २०१६
  • समय :- साँझ  ५:०० बजे
  • स्थान :- एनआरएन स्पेनको कार्यालय