सामाजिक विषयवस्तुमा ‘अग्निदहन’,नेपाली फिल्म निर्देशनमा लामिछानेको कमव्याक


राजाराम पौडेल,पोखरा- फिल्म धौली मार्फत आफ्नो बेग्लै परिचय बनाएका युवा निर्देशक घनश्याम लामिछानेद्धारा निर्देशित दोस्रो फिल्म ‘अग्निदहन’को छायाकंन सकिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको प्रस्ुततीमा निर्माण हुन लागेको यस फिल्ममा  हिन्दूधर्मभित्र विकृतिका रुपमा रहेको बोक्सी प्रथालाई सदाका लागि उन्मूलन गर्नुपर्ने सन्देश दिन खोजिएको छ । ‘समाजले भुलेको विषयवस्तुलाई समातेर फिल्म बनाउन लागिएको हो’ फिल्मका निर्देशक लामिछानेले बताए । ‘२६ दिनमा सुटिङ सक्यौ,’ उनले भने, ‘मान्छे बोक्सी हुन्न र यस्तो आरोप लगाउनु हिंसा हो भन्ने चेतना जगाउन खोजेका छौं ।’ फिल्मले सामाजिक सचेतना जगाउने अपेक्षा गरेको उनले बताए ।

फिल्मले तराईको परिवेशलाई बोक्ने उनको भनाइ छ । नेपालका विभिन्न ठाउँमा विद्यमान रहेको कुरिति संस्कार बोक्सी प्रथा निर्मुलपार्ने महाअभियान बोकेको संस्थाको संरक्षणमा फिल्म निर्माण हुन लागेकोले फिल्मले समाजमा सकारात्मक सन्देश छर्ने अपेक्षा गरिएको छ । सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्म मार्फत दर्शकको माया मिल्नेमा निर्माण पक्ष समेत आशावादी रहेको छ ।

फिल्ममा मुख्य नायिकको रुपमा अनुपमा भण्डारी देखिनेछन् । भण्डारीको यो डेब्यु फिल्म हो । लोक दोहोरी गायिका तुलसा जिसीले नायिकको भुमिका निभाउदै यो फिल्मबाट उनले समेत डेब्यु गर्दैछन् । विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी फिल्म मार्फत दर्शकको माया जित्नेमा विश्वस्त छन् ।  नेपाली फिल्म र गुरुङ फिल्म मार्फत दर्शकमाझ परिचित माओत्से गुरुङ, गुरुङ फिल्मका महानायक भनेर चिनिन तारा बहादुर गुरुङ, प्रमिला तुलाचन, प्रकाश घिमिरे, विष्णु बाँस्तोला, ओम पौडेल लगायत कलाकारको फिल्ममा अभिनय रहने छ ।

काठमाण्डौ, हेटौँडा, चितवन, लगायतका ठाउँको अलावा कास्की जिल्लाको धिताल गाउँ विकास समितिको अस्ताम, पोखराको हेम्जा, एयरपोर्ट, बसपार्क, जिल्ला प्रहरी कार्यालय लगायतका ठाउँमा  छायाङ्कन भउको थियो । फिल्मले कमाएको नाफा बोक्सीविरुद्धको अभियानमा खर्चिने निर्माता कोविदशरण उपाध्याय बताउँछन् । बोक्सी कुप्रथा अन्त्यको महा–अभियानको सार्थकताको लागि फिल्म निर्माण गर्न लागेको उपाध्यायले बताए । फिल्मका निर्माता कोविदशरण उपाध्यायले १५ वर्ष भित्रै नेपाललाई बोक्सी मुक्त देश घोषणा गर्ने प्रतिष्ठानले लक्ष्य राखेको बताए ।

‘सरकार र नागरिकबाट सहयोग हुनुपर्छ, बोक्सी प्रथा हटाउने प्रयासमा जुटेका छौ,’ उनले भने, ‘संवैधानिक कानुनि व्यवस्था रहेपनि व्यवहारमा कुप्रथा अन्त्य लागु गर्नुपर्छ ।’ फिल्ममा बोक्सी माथि हुने विभिन्न यातना, बहिष्कार, हत्यालाई सवल तरिकाले चित्रण गर्ने प्रयास गरेको उनले उल्लेख गरे ।

फिल्ममा लोकमणि पौडेलको पटकथा, दीर्घ गुरुङको छायांकन, जेसन कुवँर पाश्र्वसंगीत, दीर्घ खड्का सम्पादन रहनेछ । यसैगरी शंकर पाण्डेको निर्माण नियन्त्रक, उत्तम न्यौपानको ध्वनि मुद्रण, परिच्छेद सेनको मुख्य सहायक निर्देशक, महेश श्रेष्ठको पब्लिसिटी डिजाइन रहनेछ । नयाँ तथा पुराना कलाकारलाई लिएर काम गर्दाको अनुभव रमाइलो भएको लामिछानेले बताए । फिल्मलाई उत्कृष्ट बनाउन फिल्मको सबै टिमले आ–आफ्नो ठाउँमा मेहनत गरेका छन् ।

विभिन्न गुरुङ्ग फिल्म र भिडियो फिल्म निर्देशन गरेका निर्देशक लामिछानेले यस फिल्म पश्चात निर्देशन क्षेत्रमा थप अवसर प्राप्त हुने अपेक्षा गरेका छन् । ‘सन्देशमुलक फिल्म बनाउदै छौ, समाजमा देखिएको विर्कतिको अन्त्य गर्न फिल्म सफल बन्नेछ’ उनले भने  । फिल्म नयाँ वर्षको अवसरमा आगामी बैशाखमा रिलिज गर्ने तयारी रहेको लामिछानेले जनाए ।agnidahaनिर्देशक लामिछानेले वि.स.२०५७ सालमा मोफसलबाट ‘प्रेम मिलन’ फिल्मको लेखन निर्देशन गरी नेपाली फिल्मको क्षेत्रमा निर्देशकको रुपमा अस्तित्व खोज्न सँघर्ष सुरु गरेका थिए । २०५८ सालमा ‘प्रेम पागल’ नामक फिल्मको लेखन निर्देशन गरे यस फिल्मबाट पनि उनको थप चर्चा बढ्योे । २०५९ सालमा गुरुङ फिल्म ‘रोधी’ को पटकथा सँवाद र निर्देशन गर्ने मौका उनले पाए । २०६० सालमा गुरुङ सँस्कृतिमा आधारीत नेपाली फिल्म ‘च्यागी’ को निर्देशन गरे भने ‘कर्मधी’ नामक चलचित्र लेखन गरे । चलचित्र क्षेत्रमा आफूलाई स्थापित गराइसके पछाडि विस्तारै वृत्तचित्र निर्माणतर्फ आफ्नो यात्रालाई मोडे ।

२०६० सालमा ‘सिङ्गम साक्ष मनाङ’ वृत्तचित्र निर्माण गरी दर्शकलाई फरक स्वाद पस्के । २०६५ सालमा ‘लभ्ली पोखरा’ नामक वृत्तचित्र निर्माण गरे । हुनत उनले विश्वकै होचा व्यत्ति खगेन्द« थापाको जीवनीमा आधारीत ‘आई एम खगेन्द«’ नामक वृत्तचित्र निर्माण गरिसकेका छन् । उनले पोखरा नेपाली चलचित्र तथा म्युजिक भिडियो छायाङ्कन गर्ने लोकप्रिय ठाउँ भएको भए पनि सुटिङ्गको लागि आवश्यक पर्ने सामाग्री नभएको महसुस गरी सुटिङ्ग सामाग्री व्यवस्थापन, क्मरामेन, क्यामेरा तथा प्रोजेक्टर लगायतका सामाग्री उपलब्ध गराउने उद्देश्यका साथ चापापानी १२ पोखरामा यसको कार्यालय स्थापना गरेका छन् ।

हाल उनी म्युजिक भिडियो निर्देशनमा समेत उतीकै व्यस्त छन् । मोफसलमा बसेर पनि नेपाली फिल्मी क्षेत्रमा स्थापित हुन सकिन्छ भन्ने स्थापित गर्न उनले सर्घष गरिरहेका छन् । उनको सर्घषमा यस अगाडि निर्देशित फिल्म धौलीले प्राप्त गरेको पुरस्कार, एर्वाड र नोमिनेसनले थप उर्जा थपेको छ । लामिछाने पोखरा फिल्म सोसाइटिका अध्यक्ष समेत हुन् ।