तरुण दलको महाविधेशन आफनो पक्षमा पार्न सिटौला पक्षको रणनिति


पोखरा- एकपछि अर्को भातृ संस्थामा प्रभावशाली उपस्थिती देखाउँदै आएको नेपाली कांग्रेसमा तेश्रो धार मानिएको कृष्ण प्रसाद सिटौला पक्षधरले आन्तरीक छलफललाई तीव्रता दिएको छ । नेपाल तरुण दलको शनिवार देखि पोखरामा हुने महाधिवेसनमा आफ्नो समूहको बलियो पकड जमाउने उदेश्यसहित शुक्रवार आयोजित रणनैतिक भेलाको तयारीस्वरुप बिहिवार पनि जिल्लास्तरका कार्यकर्ता र नेताबिच छलफल गरेको हो । बिहिबारको छलफललाई नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्ले, नेता जीत शेरचन, नेपाली कांग्रेसका कोषाध्यक्षका प्रत्यासी तथा युवा नेता कृष्ण कार्की लगायतले सम्बोधन गरेका थिए ।
छलफललाई तरुण महाधिवेशन र शुक्रवारको रणनैतिक भेलाको तयारीका रुपमा लिएपनि सहभागिहरु कांग्रेसमा देखिएका तीन धार र तीनका सकारात्मक नकारात्मक टिप्पणीमा ब्यस्त देखिएका थिए । यद्यपी छलफलका सहभागी सबैले तेश्रो धारका रुपमा रहेको सिटौलाकै पक्षमा काम गर्न ईच्छुक रहेको धारणा राखे । छलफलमा आफ्ना धारणा राख्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले कांग्रेसमा गुट र उपगुट हुनु स्वभाविक रहेको बताए । ‘ऐतिहासीक पार्टी भएकाले हिजो संस्थापक नेताहरुकै बिचमा पनि समूह समुह थियो आज देउवा , पौडेल र सिटौलाका छुट्टाछुटै समूह हुनु स्वभाविक हो ।’, काफ्लेले भने । उनले वर्तमान अवस्थामा पार्टीलाई नयाँ विचार र ढङगले अघि बढाउन सिटौला समूह नै काबिल रहेकाको समेत दावी गरे ।

अर्का नेता जीत शेरचनले नेपाली कांग्रेसको पुरानो गरीमा जोगाई राख्न र अन्य दलहरुसँग हुने प्रंतिस्पर्धामा अग्रस्थानमा राखिरहन पनि आम कांग्रेसीले नेता सिटौलाको विचारलाई समर्थन गर्न आग्रह गरे । नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव युवराज कुँवरले पार्टीको आन्तरीक शक्ति सन्तुलनका लागि पनि धेरैभन्दा धेरै विचार समूह आवश्यक रहेको बताए । ‘यतिका ठूलो पार्टीमा दुईओटा मात्रै समूह हावी हुदा कहिलेकाहिँ असली कार्यकर्ताकै अहितमा समेत निर्णय कार्यान्वयन हुन सक्ने खतरा रहन्छ त्यससलाई खबरदारी गर्नका लागि पनि अर्को समूहको आवश्यक छ र त्यो आवश्यकता सिटौला समूहले गर्छ भन्ने विश्वासमा सबै रहनुपर्छ । ’, कुँवरको आग्रह रहेको थियो ।

छलफलमा युवा नेता मुकुन्द बाँतोला ज्वाला, जिल्ला सदस्य विष्णुबहादुर क्षेत्री, भीम गौतम , नेविसंघका पूर्व केन्द्रिय सदस्य सरोज केसी ,युवा नेता शिव प्रसाद अधिकारी युवा नेता विनोद प्रसाद लामिछाने, ब्यबसायी एल.के. शर्मा लगायतले कांग्रेस आन्तरीक रुपमै परीवर्तन हुनुपर्नेमा जोड दिदै नयाँ विचार र शक्तिको आवश्यकता कार्यकर्ताले महशुस गरेको बताए ।
शुक्रवार सहयात्री पार्टी प्यालेस महेन्द्रपूलमा हुने रणनैतिक भेलालाई नेता कृष्ण प्रसाद सिटौला, युवा नेता तथा स्वास्थ्यमन्त्री, गगन थापा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की कांग्रेसका युवा नेता शिबप्रसाद अधिकारीले जानकारी दिएका छन् । रणनैतिक भेलामा कांग्रेस र तरुण दलका नेता कार्यकर्ताहरु कास्कीका गाउँ गाउँबाट सयौको संङख्यामा आउने अधिकारीले दाबीसहितको सहभागिताका लागि आग्रह समेत गरे ।