स्पेनमा दिपावलीकप फुटबल हुँदै


बार्सिलोना/ बिभिन्न चाडबाड आउँदा फरक फरक कार्यक्रमहरु हुँदै आएको स्पेनको नेपाली समुदाय माँझ तिहारको अबसरमा दिपावली कप फुटबल हुने भएको छ। हरेक बर्ष जस्तै यस पटक पनि प्रतियोगिता हुन लागेको हो। बिगत ३ बर्ष देखि फुटबल आयोजना गर्दै आएको एनआरएन स्पेनले यस बर्ष पनि आउँदो नोभेम्बर २० तारिख  प्रतियोगिता आयोजना गर्न लागेको संघका सचिब एबंम खेलकुद बिभाग प्रमुख सुनिल रानाभाटले जानकारी दिए।

प्रतियोगिता दिउँसो २ बजे सुरु हुने जनाएको संघले ईच्छुक संघ संस्थालाई टिम बनाएर सहभागी बन्न अनुरोध गरेको छ।प्रतियोगितामा बिगतमा जस्तै यस पटक पनि स्पेन स्थित संघ सस्थाहरु वा नेपालीहरुले टिम बनाएर प्रतिस्पर्धा गर्ने भएका छन्।

थप जानकारीका लागि सम्पर्क

  • सुनिल रानाभाट(प्रतियोगिता संयोजक) ६३२२४८५०६
  • मुक्त बहादुर गुरुङ (अध्यक्ष) ६७११९४००८
  • उमेश अधिकारी  (महासचिव) ६३१६७८१३२