अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी


चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् ।  बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७९ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् ।

राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो ।ट्रम्पको जितसँगै हजारौं समर्थकले खुशीयाली मनाइरहेका छन् ।