नयाँ गित सार्वजनिक गर्दै ‘पुरानो डुङ्गाको प्रचार प्रसार शुरु भएको घोषणा (भिडियो सहित)


मंसिर १० मा प्रदर्शन हुने बहु प्रतिक्षित चलचित्र ‘पुरानो डुङ्गा‘ टिमले आफ्नो औपचारिक प्रचार प्रसार शुरु भएको जनाएको छ।

राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै चलचित्र सम्पूर्ण रुपमा प्रदर्शनका लागि तयार रहेको बताउँदै चलचित्रमा समावेश ‘माझी’ बोलको गित सार्वजनिक गरिएको छ।

सार्वजनिक माझी गीतमा शब्द संगीत र स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ। दुइ जना माझी दाजु भाईको सम्बन्ध र अंसबन्डा पछि उत्पन्न हुने तनावको कथा समेटिएको चलचित्रमा कलाकारहरू दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरूङ्, मेनुका प्रधान लगायतको अभिनय रहेको छ।

चलचित्रको छायांकन पोखराको बेगनास तालको सेरोफेरोमा गरिएको हो।