साहित्यकार शकुन्तला (शकुन) ज्ञवाली पोखरामा सम्मानित


पोखरा-नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, कास्कीले साहित्यकार शकुन्तला (शकुन) ज्ञवालीलाई सम्मान गरेको छ । पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ज्ञवालीलाई सामाजिक अभियन्ता दुर्गादेवी बास्तोलाले सम्मान गरिन् ।

बास्तोलाले साहित्य भनेको भित्री मनबाट आउने वेदना र पीडालाई प्रस्तुत गरिने माध्यम भएको बताईन् । ‘साहित्यलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भनिन्, ‘जुनसुकै ठाउँमा भएपनि कला साहित्यलाई विर्सनुहुँदैन् ।’

कार्यक्रममा सप्तरंगी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नवराज बराल, छन्दनायक माधव वियोगी, लेखनाथ साहित्यीक प्रतिष्ठान अध्यक्ष पदमराज ढकालले शुभकामना दिएका थिए । संस्थाका कोषाध्यक्ष लक्ष्मी थापाले स्रष्टा परिचय राखिन् । सम्मानति ज्ञवालीले पोखरा र पोखरेलीले नविर्सेकोमा खुशी व्यक्त गरिन् । उनले संसारको जुनसकै कुनामा गएपनि साहित्यलाई अगालेर लैजाने बताईन् ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठानका अध्यक्ष छन्दिका क्रिपाठी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अम्बिका भण्डारी र सञ्चालन द्धितिय उपाध्यक्ष सरिता तिमिल्सिना पंगेनीले गरेकी थिइन् ।