विश्व शान्ति स्तुपामा विश्व शान्ति पुजा


पोखरा – पोखराको फेवातालपारी पुम्दीभुम्दीमा रहेको विश्व शान्ति स्तुपमा शनिबार विश्व शान्ति पुजा सम्पन्न भएको छ । स्तुपाको १७ औ बार्षिकोत्सवको अवसरमा हरेक वर्ष विश्व शान्ति स्तुपा समितिको आयोजनामा पुजा हुदै आएको छ ।

पुजाको उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्घाटन गदै पोखराले पर्यटन विकासका लागी महत्वपूर्ण भुमिका खेलेको बताए । पोखरा प्राकृतिक रुपमा सुन्दर रहेकाले यहाँ पर्यटनको सम्भावना रहेको बताउदै पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताए ।

लुम्विनि विकास कोर्षका उपाध्यक्ष उपाध्यक्ष भिक्षु निग्रेध महास्थवीरले लुम्विनि विकासको गुरु योजना अनुसार अगाडी बढेको बताए । उहाँले विश्व शान्ति स्तुपा र लुम्विनि जस्ता पर्यटकीय क्षेत्रले नेपाललाई विश्वसामु चिनाउन भुमिका खेलेको बताए ।पुजाको अवसरमा जापान, भारत र नेपालका बिभिन्न स्थानका भिक्षु लगायत अन्य ब्यतिmहरुले विश्वमा शान्तिको कामना गर्दै विश्व शान्ति पुजामा सहभागी भएका थिए ।

shanti

पोखराको फेवातालपारी रहेको विश्वशान्ति स्तुपमा आयोजित विश्वशान्ति पुजामा सहभागी लामा गुरुहरु । तस्वीर सञ्जय शाक्य ।

विश्व शान्ति स्तुप समिति पोखराको आयोजना भएको पुजामा संसाद शारदा पौडेल,बृन्दा राना, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, पूर्व संस्कृति सचिव सुरेशमान श्रेष्ठ, जापानी प्रमुख नियून मेहोजी, लुम्बिनि विकस कोर्षका उपाध्यक्ष भिक्षु निग्रेध महास्थवीर, दार्जलीङ, लुम्विनि, काठमाण्डौ, पोखरा लगायतका बिभिन्न बुद्ध गुम्बाबाट भिक्षुहरु साथमा लामा गुरुहरुको सहभागिता रहेको थियो । विश्वमा शान्तिको कामना गर्दै लगायत सवैले धुप बालेर शान्तिको कामना गरिएको थियो

shanti1

विश्वशान्ति स्तुप धार्किक एंव पर्यटकिय दृष्टिले निकै महत्वपुर्ण स्थल रहकाले संरक्षण तथा सम्बर्दनमा सवैले सहयोग गर्नुपर्नेमा विश्व शान्ति स्तुपमा समितिका सचिव उत्तममान बृद्धाचार्यले बताए । पुजाका अवसरमा स्तुपाको विकास र समृद्धिको लागी स्थापना गरिएको अक्षयकोर्षमा रकम सहयोग गर्ने तथा स्तुपाको मर्मतमा सहयोग गर्ने १ सय ७५ जना ब्यक्तिलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रम विश्व शान्ति स्तुपा समितिका अध्यक्ष प्रकाशमान गुभाजुको अध्यक्षतामा भएको थियो ।