काँग्रेस सभापति शेरबहादुर देउवा भारत प्रस्थान


काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन शुक्रवार भारततर्फ प्रस्थान गरेका छन् । सभापति देउवा आजै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जाने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

कांग्रेस सभापति देउवाले स्वामी तेजो महानन्द, रेलमन्त्री सुरेश प्रभु, भाजपाका अध्यक्ष अमित साहसँग शुक्रबार रातिभेटघाट गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेमकेसीले जानकारी दिए । उनले गोवाका मुख्यमन्त्रीसहित अरू मन्त्रीसँग पनिशुक्रबार नै भेटघाट गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भेटवार्ता गर्ने गोवाबाट दिल्ली फर्किएपछि सभापति देउवाले राजनीतिक भेटघाट गर्नेछन् । उनी शनिबार दिल्ली फर्कनेछन् । आइतबार जवाहरलाल नेहरू विश्वविद्यालयमा हुनेकार्यक्रममा देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् । सोही दिन र भोलिपल्ट २२ कात्तिकमा देउवालेभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि कंग्रेस आई अध्यक्ष सोनियागान्धी, विदेशमन्त्रीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने देउवाका स्वकीयसचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाका साथ उनकी धर्मपत्नी एवम् सांसद आरजु देउवा राणा सहभागी छन् । सभापति देउवा यही कात्तिक २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।