भारतीय राष्ट्रपति प्रणव मुखर्जी र एमाले अध्यक्ष केपी ओलीबिच शिष्टाचार भेट,नेपालको आर्थिक विकासमा भारतीय सहयोग रहने ओलीको विश्वास


काठमाण्डौ-नेपालका राजनीतिक दलहरू मिलेर नयाँ संविधानको सफल कार्यान्वयन गर्न सक्षम हुने भारतीयराष्ट्रपति प्रणव मुखर्जीले विश्वास व्यक्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपीओलीसहित एमाले शीर्ष नेताहरूको भेटमा राष्ट्रपति मुखर्जीले त्यस्तो विश्वासव्यक्त गरेका हुन् । उनले संविधानको सफल कार्यान्वयनका लागि शुभेच्छा पनिव्यक्त गरेका छन् ।

‘शिष्टाचार भेट आपसी सद्भावमा केन्द्रितथियो,’ भेटपछि एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘उहाँले नेपालको संविधानराम्रो रहेकाले कार्यान्वयनमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।’ भेटमा राष्ट्रपति मुखर्जीले नयाँ संविधान कार्यान्वयनप्रति चासो राख्दैनेपाल छिटै आर्थिक समृद्धिको दिशामा अघि बढ्ने विश्वाससमेत व्यक्त गरेकाथिए । भेटमा एमालेबाट अध्यक्ष ओलीसहित उपाध्यक्षहरू वामदेव गौतम, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावल, महासचिव पोखरेल, उपमहासचिव विष्णुपौडेल तथा केन्द्रीय सदस्य डा. राजन भट्टराई सहभागी थिए । राष्ट्रपतिमुखर्जीलाई भेट्न एमाले नेताहरू बौद्धस्थित होटेल हायात रिजेन्सी पुगेकाथिए ।

राष्ट्रपति र एमाले टोलीबीच साँझ ७ः५५ देखि सवा ८ बजेसम्म कुराकानीभएको थियो ।शिष्टाचार भेटमा एमाले अध्यक्ष ओलीले नेपाल–भारतबीच लामो समयदेखि घनिष्टमित्रता रहिआएको चर्चा गर्दै राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धमानयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका थिए । ‘भारतसँग हाम्रो पुरानोमित्रता हो । पुरानो जगमा निर्माण भएको त्यो सम्बन्धलाई रिथिंक (पुनर्विचार) गर्नुपर्ने आवश्यकता छैन,’ भेटमा अध्यक्ष ओलीको भनाइ उद्धृतगर्दै महासचिव पोखरेलले भने, ‘हामीले त्यो पुरानो जगमा निर्माण भएकोसम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै भ्रमणले नयाँ आयामथप्ने विश्वास व्यक्त गर्‍यौँ ।’

ओलीले नेपालको संविधान संसद्माप्रतिनिधित्व गर्ने ९४ प्रतिशत सांसदको समर्थनमा जारी भएको राष्ट्रपतिमुखर्जीलाई स्मरण गराउँदै संविधान कार्यान्वयनसँगै नेपालको आर्थिक विकासमाभारतीय सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।
यसैबिच एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने भारतीयराष्ट्रपति मुखर्जीसँग बिहान छुट्टै भेट गरेका थिए । ‘दुई देशकानेताहरूबीचको भेटघाटले अनुभवको आदानप्रदान हुने र नेपाल–भारतबीच रहिआएकोसम्बन्ध अझ प्रगाढ र सुदृढ हुने विचार व्यक्त गर्दै महामहिम राष्ट्रपतिमुखर्जीले पूर्वप्रधानमन्त्री नेपाललाई भारत भ्रमणका लागि निमन्त्रणागर्नुभयो,’ एमाले विदेश विभागका सचिव यादव शर्माद्वारा जारी विज्ञप्तिमाभनिएको छ । भेटमा नेता नेपालले दुई देशबीच कायम रहेको अद्वितीय ऐतिहासिकसम्बन्धलाई आपसी हित र समृद्धिका लागि अझ सुदृढ पार्नुपर्ने विषयमा जोडदिएका थिए ।