भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत (छापाबाट )


नेपालकोराजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपतिविद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा स्वागत गरिन् ।  राष्ट्रपति भण्डारीले मुखर्जीलाई पुष्पगुच्छालेस्वागत गरेकी हुन् । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थविमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालउपस्थित थिए ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्णनिमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गरेकाराष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेकोथियो ।

सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरु उपस्थितथिए। भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएकोथियो । विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीयराष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ प्रस्थान गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।