सडक दुर्घटनामा परि पोर्चुगलमा दुई नेपालीको मृत्यु


लिस्बन / सडक दुर्घटनामा परि पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ। पोर्चुगलको भिला नोभा दि मिलफोन्तेसबाट साँओ तेतोनियो तर्फ जाँदै गर्दा बिहिबार कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको हो। दुर्घटनामा परि नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका-१६, अमरापुरी स्थायी घर भएका अनिल थापा र बागलुङ जिल्ला, रिघा गाबिस-३, ठुलोरिघाका सन्तोष सापकोटाको घटनास्थल मै मृत्यु भएको एनआरएनए पोर्चुगलले जनाएको छ।

ओदिमिरा राष्ट्रीय मार्गको एनई १२० सडकखण्डमा पाकिस्तानी एक नागरिकले अत्याधिक तिब्र गतिमा गाडी चलाउँदा असन्तुलित भै सडकबाट बाहिर उछिट्टिएर रुखमा ठक्कर खाँदै गाडी दुर्घटना भएको संघका अध्यक्ष भिम केसी कमल द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ। पोष्टमार्टमका लागि मृतकको शबलाई  बेजा अस्पतालको लिगल मेडीसिन एबम फोरेन्सिक डिपार्टमेण्टमा राखिएको संघले जनाएको छ।

घटना बारे बुझ्न तथा शब ब्यबस्थापनका लागि भन्दै पोर्चुगल स्थित नेपाली अबैतानिक बाणिज्य दूत मकर हमालको नेतृत्वमा गएको टोलीले स्थानिय प्रशासन, अस्पताल र नेपालमा परिवारजनसंग परामर्श र आवश्यक कानुनी प्रकृया प्रारम्भ गरिसकेको छ। घटनामा परि अन्य घाईते भएको बताईए पनि बिज्ञप्ति मार्फत परिचय भने खुलाईएको छैन।