चलचित्र जात्राका लागि हरिबंश आचार्यले गाएको गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं । बरिष्ट कलाकार हरिबंश आचार्यले नेपाली चलचित्र जात्राका लागि गाएको गीत भिडियो सहित सार्वजनिक भएको छ।
युट्युव च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको ‘नोट नोट’ बोलको गीतमा हरिबंश आचार्य र शसी रावलको स्वर रहेको छ। रोशन थापाको संगीत रहेको गीतमा हरिबंश आचार्यकै शब्द रहेको छ।
आगामी कात्तिक २६ गते बाट प्रदर्शन हुन लागेको चलचित्र ‘जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानिया, वर्षा राउतलगायतका कलाकारले अभिनय गरेका छन् ।
रविन्द्र सिंह बानिया, सांगे लामा र यादव पौडेलको लगानी रहेको चलचित्रको निर्देशन प्रदिप भट्टराईले गरेका हुन्। निर्देशक भट्टराई १२ वर्षदेखि महजोडी सँगै काम गर्दै आएका निर्देशक हुन् ।
आचार्यले केही दिन अगाडि चलचित्र ‘जात्रा’ राम्रो रहेको बताउँदै महजोडीले बनाउने आगामी चलचित्रको निर्देशन गर्ने जिम्मा समेत भट्टराईलाई दिने घोषणा गरेका थिए।