बार्सिलोनामा तिहार धमाका, संजिब प्रधान र नलिना चित्रकार आउँदै


बार्सिलोना/ स्पेनको बार्सिलोनामा तिहार बिशेष धमाका हुने भएको छ । नेपालबाट चर्चित गायक संजिब प्रधान र नलिना चित्रकार तिहार बिशेष कार्यक्रमका लागि बार्सिलोना आउँने भए पछि सांगीतिक धमाका हुन लागेको हो। नेवा पासा पुच स्पेनको आयोजनामा आगामी नोभेम्बर ६ तारिख हुने कार्यक्रममा स्थानीय कलाकारहरुले समेत बेजोड प्रस्तुति राख्ने भएका छन्। गायिका चित्रकारका गोरी गोरी सानी मोरी , पानी पानी भयो ….’ जस्ता लोक प्रिय गितहरुका साथै गायक प्रधानका देउरालीको चौतारीमा ,भोली फेरी सल्लाघारीमा जस्ता चर्चित गीतहरुमा स्पेनबासी नेपालीहरु रमाउँने भएका छन्।

यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुले “निर जहिले रिसाउने”, ठमेल बजारमा,देउसी भैलो गीतका साथै प्रसिद्द बासुरी बाधक बिनोद कटुवाल ,मनिष श्रेष्ठ,शुभाष बिष्टको तिहार धुन,लगायत गायिका सुमी घिमिरे सापकोटाका बिशेष प्रस्तुतीहरु पनि रहने आयोजकले जनाएको छ।गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला संयोजक सपीलाराज भण्डारी तथा उप संयोजक रजनी प्रधान लगायतको समेत उपस्थिती रहने कार्यक्रममा स्पेन स्थित सम्पुर्ण संध सस्थाहरुलाई पत्राचार गरिएको आयोजकले जनाएको छ ।

नेवारी भोज

कार्यक्रमको बिशेष आकर्षण नेवारी बिशेष परिकार समयबजी समेत दर्शकहरुलाई खुबाईने भएको छ। नेवारी भोज भुईमा बसेर टपरीमा हातले खाने प्रचलन भएकोले यसले बिशेष महत्व राख्ने गर्दछ ।कार्यक्रममा उपस्थित भई नेवारी खाजाका साथ सांगीतिक मनोरन्जन लिन समेत स्पेनबासी नेपाली समुदायलाई समाजले अनुरोध गरेको छ।

  • कार्यक्रम बारे बिस्तृत बिबरण :
  • मिती : नोभेम्बर ६ तारिख,२०१६ आईतबार
  • समय : दिउँसो ४ बजे
  • टिकट:- १० युरो ( १० बर्ष मुनिका बालबालिकाहरुका लागि भने निशुल्क )
  • स्थान : joshep pla 40, besos mar ( तेरिया मगरको कार्यक्रम भएको हल )