एनआरएन बेल्जियमको एघारौ साधारण सभामा उपाध्यक्ष कुमार पन्तले सम्वोधन गर्दै


एनआरएन बेल्जियमको एघारौ साधारण सभामा उपाध्यक्ष कुमार पन्तले सम्वोधन गर्ने भएका छन् । गैर आवासीय नेपाली संघ बेल्जियमको एघारौ साधरण सभा यही आईतवारका दिन बेल्जियम लुभेनमा सम्पन्न हुदैछ | पन्तले उक्त अवसरमा भेट्घाट सहित भुकम्प पीडितका लागि वारपाकमा भर्खर शिलान्यास गरिएको पुनर्निर्माण र एनआरएनएको भावी योजनाका बारेमा छलफल गर्नेछन ।

गैर आवासीय नेपाली संघका अध्यक्ष गंगाधर गौतमले साधारण सभाको सम्पूर्ण तयारि पुरा भई सकेको जनाएका छन् । कार्यक्रमलाई अझ रोचक बनाउनका लागि इनास युरोप नृत्य प्रतियोगिता २०१४ कि बिजेता दिपिका केसीका साथमा एरिना केसी, सारा धिताल, कृतिका मगरको जोडदार प्रस्तुति रहनेछ | साधारण सभाका लागि प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, प्रसंशा पत्र सहित सम्पूर्ण तयारी भई सकेको संघका महासचिव लोकह दाहालले जानकारी दिए |आईतवार १२ बजे  सुरु हुने साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागि समय मै उपस्थित भई दिनु हुन् सम्पूर्ण साधारण सदस्यमा संघका अध्यक्ष गंगाधर गौतमले  अनुरोध समेत गरेका छन् |