‘पोर्न फिल्म मात्र अर्ग्यानिक हुन्छन : निखिल उप्रती,’रुद्र’मा उनी खलपात्रका रुपमा देखिदै


काठमाडौं- नेपाली फिल्मका अभिनेता निखिल उप्रेतीले ‘पोर्न फिल्म मात्र अर्ग्यानिकहुने बताएका छन् । आफ्नैफिल्म निर्माण घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पाँचौफिल्मको रुपमा ‘रुद्र’ निर्माणको घोषणा गरेका निखिलले पत्रकारकोप्रश्नको जवाफ दिने क्रममा भने ‘पोर्न फिल्म मात्र अर्ग्यानिकहुन्छ। किनकी प्राकृतिक क्रियाकलाप त्यहाँ मात्र हुन्छ।’

‘भैरव’ बाट ५ वर्षपछि अभिनयसँगै निर्देशनमा ‘कमब्याक’ गरेका निखिलले यसअघि ‘सावधान’, ‘निशाना’, ‘परिचय’, र ‘भैरव’ निर्माण गरेका छन् । उनले अरुको फिल्ममा पनि व्यस्त भएकाले यस पटकनिर्देशनको जिम्मेवारी रामजी लामिछानेलाई सुम्पेको बताए। १० वटाजति फिल्मनिर्देशन गरेका रामजी पछिल्लो समय नृत्य निर्देशकका रुपमा व्यस्त छन्।

एक्सन नायकको परिचय बनाएका निखिल’रुद्र’मा भने खलपात्रका रुपमा देखिनेछन्।रावणले पनि आफूलाई नायक ठान्ने उदाहरण दिँदै निखिलले आफू फिल्ममा यस्तैभूमिकामा देखिने बताएका थिए। फिल्ममा रोमान्स गर्ने जिम्मा नवअभिनेता विश्वशर्मा र साराले पाएका छन्। तर निखिलले यही फिल्मबाट संगीतकारको नयाँ परिचयसमेत थपेका छन्। उनले दिनेश सुनामसँग मिलेर फिल्मको एउटा गीतमा संगीतभरेका छन्।

फिल्मको सुटिङ जोमसोम, नारायणघाट, कोहलपुर रअमेरिकामा गरिने जानकारी फिल्म घोषणामा दिइएको थियो। रामजी लामिछानेआफैंले तयार गरेको कथामा रोयदिप श्रेष्ठ, जितेन लामा, भास्कर वली, ज्याकश्रेष्ठ, रोसन पोखरेलले पनि अभिनय गर्नेछन्। फिल्म आगामी वर्ष साउनमा रिलिजगर्ने निर्माण पक्षको योजना छ। द्वन्द्वप्रधान फिल्मको छायांकन सौरभलामाले गर्नेछन् भने हिमाल केसीले द्वन्द्व निर्देशन गर्नेछन्।