बार्सिलोनामा मेस्सी चम्किदा म्यानचेस्टर सिटी स्तब्ध


कात्तिक ४ – च्याम्पियन्स लिगको समुह सी अन्तर्गत बुधबार बार्सिलोनामा भएको खेलमा बार्सिलोनाले म्यानचेस्टर सिटी माथि शानदार जित हाँसिल गरेको छ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नउमा भएको खेलमा बार्सिलोनाले सिटीलाई ४-० ले पराजित गर्न सफल भएको हो। बार्सिलोनामा चोटमुक्त भएर फर्किएका मेस्सी चम्किए पछि म्यानचेस्टर सिटी स्तब्ध बन्न पुगेको थियो। 

बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे भने नेइमारले एक गोल गरे । मेसीले खेलको १७ औं मिनेटमा पहिलो गोल गरेका थिए। पहिलो हाफमा १-० को जित दर्ता गरेको बार्सिलोनाले दोश्रोहाफमा ३ गोल थपेको थियो। खेलको दोश्रो भागको सुरुवात भएको १० मिनेटमै सिटीका किपर क्लाउडियो ब्राभोले डि बक्स बाहिर हातले बल समाएका कारण रेड कार्ड पाएका थिए।खेलको ५३ औं मिनेटमा १० खेलाडीमा सिमित रहेको सिटीलाई मेसि ले दोश्रो गोल गरे भने खेलको ६९ औं मिनेटमा तेश्रो गोल गर्दै मेस्सीले हृयाट्रिक पुरा गरे ।

बार्सिलोनाका तर्फ बाट पनि खेलको ७३ औं मिनेटमा जेरोमी म्याथ्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना पनि १० खेलाडीमा सीमित भयो । ब्राभो बाहिरिएपछि गोलरक्षकको जिम्मेवारी सम्हालेका विल्ली काबाल्लेरोले नेइमारको पेनाल्टी प्रहार जोगाएका थिए । तर त्यसको एक मिनेटपछि खेलको ८९ औं मिनेटमा नेइमारले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो

बार्सिलोनाका खेलाडीले आफ्ना पूर्व प्रशिक्षक पेप गार्डिवलाको टिम सिटी विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए। च्याम्पियन्स लिगमा सिटी ४-० ले पराजित भएको यो नै पहिलो पटक हो। जित संगै बार्सिलोना समुह सि मा ९ अंक सहित प्रथम स्थानमा रहेको छ।३ खेल खेलेर ९ अंक बटुलेको बार्सिलोना सिटी भन्दा ५ अंकले माथि रहेको छ।