कार्की विरुद्ध महाअभियोग संसदमा पेश भएन, संसद बैठक आइतबारसम्मका लागि स्थगित


काठमाडौं – व्यवस्थापिका संसदको विहीबारको बैठक बस्दै नबसी स्थगित भएको छ । यो बैठकमा अख्तियारका प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।

माओवादी र एमालेका १५७ सांसदहरुले बुधबार कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । लगत्तै संसद सचिवालयले विहीबारको बैठकमा नै सो प्रस्ताव संसद बैठकमा पेश गर्ने गरी तयारी समेत गरेको थियो ।

तर, विहीबार संसद बैठक बस्नु केहि समय अघि सूचना टाँसेर आइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको छ । प्रमुख दलहरुबीच छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गर्नुपरेको सभामुख ओनसरी घर्तीका  प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए।

यसैबीच विशेष राजनीतिक कारण भन्दै सभामुख अाेनसरी घर्तीकाे जेनेभा भ्रमणसमेत स्थगित भएकाे छ। सभामुख शुक्रबार जेनेभा जाने कार्यकम थियाे।