संयुक्त वक्तव्यका कमजोरी सच्चिइसकेको छ : प्रधानमन्त्री(छापाबाट)


प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्यका केही प्रावधानलाई गोआ सम्मेलनका बेला सच्याएको बताएका छन् ।

भारतको राजकीय भ्रमण र गोआ सम्मेलनबारे बुधबार सदनलाई जानकारी गराउदै प्रधानमन्त्री दाहालले संयुक्त विज्ञप्तिमा उल्लिखित भारतीय सहयोग परियोजनाको निरीक्षण नेपाल सरकार र भारतीय दुतावासले संयुक्त रुपमा गर्ने अनुगमन गर्ने व्यवस्था सच्याइएको उल्लेख गरे ।

नेपाल सरकारको प्रधामन्त्री वा मन्त्री र दुतावासका कर्मचारीले संयुक्त रुपमा त्यस्तो अनुगमन गर्न नसक्ने उल्लेख गर्दै उनले नेपाल सरकारका सचिव वा सहसचिवको नेतृत्वमा अनुगमन संयन्त्र निर्माणबारे भारतीय समकक्षीसंग गोआमा कुराकानी भएको वताए ।

‘एउटा सरकारको प्रधानमन्त्री वा मन्त्री र अर्को सरकारको राजदुत स्तरवाट संयुक्त अनुगमन भन्ने होइन, संयुक्त विज्ञप्तिको भावना पनि त्यस्तो होइन,’ दाहालले भने( ‘त्यसमा भएको द्विविधाबारे मैले गोआ सम्मेलनका बेला मोदी जी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी)सँग प्रष्ट पारेको छु । अब यसमा कुनै द्विविधा छैन ।’ भारतको राजकीय भ्रमण र गोआ सम्मेलनका बेला आफुले उच्च कुटनीतिक मर्यादा कायम राखेको उल्लेखगर्दै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङसंगको त्रिपक्षिय भेटबारे समेत देशभित्र नकारात्मक टिप्पणी भएको गुनासो गरे । ‘त्यो एउटा सुखद संयोग थियो, योजना बनाएको भए यस्तो भेट हुन सक्दैनथ्यो,’ उनले भने ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।

http://bit.ly/2e71g5G