प्रधानमन्त्री प्रचण्डले मर्यादा विपरित काम गरे : एमाले उपाध्यक्ष रावल


काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भइरहेको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचैमा जानु कुटनीतिक विपरित भएको नेकपा एमालेका उपाध्यक्ष भिम रावलले बताएका छन् ।

रिपोर्टस क्लवमा आयोजित कार्यक्रममा उनले प्रचण्डले मर्यादा विपरित काम गरेको उल्लेख गर्दै त्यसरी आकस्मिक भेट हुँदा त्यसलाई त्रिपक्षिय कुराकानी भनि प्रचार गर्नु लज्जास्पद कुरा भएको बताए । ‘हाम्रा अध्यक्षले कुनै नेतासँग आफ्नो कार्यकक्षमा कुरा गरिरहनु हुन्छ भने म उपाध्यक्ष भएर जाँदिनँ । तर दुई देशका प्रमुख कुरा गरिरहँदा अर्को देशका प्रमुख कसरी जान मिल्छ ?’ उनले भने । उनले नेपाललाई भुटान जस्तो बनाउन लागेको आरोप पनि प्रचण्डमाथि लगाए ।उपाध्यक्ष रावलले वर्तमान सरकार चुनाव गराउने पक्षमा रहेको कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् ।

निर्वाचन हुनुपर्ने कुरामा जोड दिँदै उनले राष्ट्रिय सहमतिको सरकार गठन गरी चुनाव गराउनुपर्ने कुरामा जोड दिए ।