गैर आवासीय नेपाली संघ सँग अन्तक्रिया कास्कीको धम्पुसमा सम्पन्न,१० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस घोषणापत्र जारी


राजाराम पौडेल,पोखरा । अन्नपूर्ण क्षेत्रमा रहेको टे्रकिङ रुटको प्रवर्द्धनका लागि १० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस घोषणापत्र जारी भएको छ ।
गैर आवासीय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवसायी समितिले अन्नपूर्ण क्षेत्र अन्तर्गत पर्ने धम्पुस, छोमु्रङहुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने टे्रकिङलाई नयाँ ढंगले सञ्चालन गर्नका लागि धम्पुस घोषणा पत्र जारी गरेको हो ।
गैर आवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष भवन भट्ट, सेन्चुरी पर्यटन ब्यवशायी समितिका अध्यक्ष दलबहादुर गुरुङ, पूर्व वन तथा भु–संरक्षण मन्त्री किरण गुरुङ, संसद बिकास समितिका सभापति रविन्द्र अधिकारी र सांसद सिता गिरी ओलीद्वारा हस्ताक्षरित घोषणापत्र जारी गरिएको हो ।
घोषणा पत्रमा अन्नपूर्ण क्षेत्रको ट्रेकिङ रुटको प्रवर्द्धनका  लागि गैर आवासीय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवसायी समितिले संयुक्त रुपमा काम गर्ने, अन्नपूर्ण क्षेत्रमा पर्ने जैविक विविधताको संरक्षण र सम्बर्द्धनमा दुवै संस्थाले संयुक्त रुपमा काम गर्दै धम्पुस, छोमु्रङ हुँदै जाने ट्रेकिङलाई गैर आवासीय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवसायी समितिले आफ्नै ब्राण्डको रुपमा नाम दिएर अगाडि बढ्ने उल्लेख गरिएको छ ।
अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई मध्येनजर गर्दै त्यसको असरलाई न्युनिकरणसहित यसको बारेमा आम पर्यटकलाई जानकारी दिदै पर्यटन प्रवर्द्धन गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
अन्नपूर्ण क्षेत्रमा ग्रामीण पर्यटकलाई आकषिर्त गरी ग्रामीण भेगमा उत्पादन हुने बस्तुहरुको प्रवर्द्धन गरी अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बाहृय पर्यटक भित्रयाउन पहल गर्ने, एन आर एन जापान र धम्पुस गाउँबिच सहकार्य गरी धम्पुस गाउँमा उत्पादन हुने स्थानिय सामाग्रीलाई अन्तराष्ट्रिय बजारमा र्पुयाउने घोषणा पत्रका उल्लेख गरिएको छ ।

अन्नपूर्ण क्षेत्रमा बोटानिकल गार्डेन र जियोलोजिकल गार्डेन निर्माण गर्ने, गैर आवासीय नेपाली संघ र नेपाली राजदुताबासको सहकार्यमा अन्नपूर्ण क्षेत्रको बारेमा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने, बायो डाइभर्सिटी र हिमाली क्षेत्रमा जलबायु परिवर्तनले पारेको असरको बारेमा अध्ययन अनुसन्धानका लागी अन्नपूर्ण क्षेत्रलाई अगाडि वढाउने र एन आर एनले बिदेशमा रहेका एनआरएनले प्रति ब्यक्ति ३ जना पर्यटकलाई नेपाल घुम्नका लागी आहृवान गरी अतिथी देवो भवः अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

घोषणा पत्र जारी गर्नुअघि भएको भेलालाई सम्बोधन गर्दै पूर्व वन तथा भु(संरक्षण मन्त्री किरण गुरुङले गैर आवासीय नेपाली संघले अन्नपूर्ण संरक्षण क्षेत्रमा देखाएको चासोको प्रशंसा गर्दै आगामी दिनमा त्यसको संरक्षणका लागि राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । अन्नपूर्ण क्षेत्रको ट्रेकिङ रुटमा बाहृय पर्यटक भित्रयाउनका लागी गैर आवासीय नेपाली संघको मुख्य भुमिका रहने भएकाले गैर आवासिय नेपाली संघले यसको बारेमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

संसद विकास समितिका सभापति रबिन्ऽ अधिकारीले अन्नपूर्ण क्षेत्र नेपालको पर्यटनको मुख्य आधार केन्ऽको रुपमा रहेको बताउदै यसको प्रवर्द्धनमा गैर आवासीय नेपाली संघले चालेको कदम सहानीय रहेको बताए । यसले आगामी दिनमा अन्नपूर्ण क्षेत्र र त्यसमा पनि पैदलमार्गमा हिड्न रुचाउने पर्यटकका लागी थप उर्जा प्रदान गर्ने उनको भनाइ थियो ।
गैर आवासिय नेपाली संघका बरिष्ठ उपाध्यक्ष भुवन भट्टले अन्नपूर्ण क्षेत्रमा रहेको ट्रेकिङको प्रवर्द्धनका लागी एन आर एन र सेन्चुरी पर्यटन ब्यवशायी समितीले जारी गरेको धम्पुस घोषणा पत्र कोषेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले अहिले नेपालमा बाहृय पर्यटकहरु ट्रेकिङका लागी आउने गरेको र त्यसको बसाइ लम्ब्याउनका लागी विभिन्न पर्यटकीय गतिविधीहरु आवश्यक रहेकाले एन आर एन र सेन्चुरी पर्यटन ब्यवसायी समितीले यसको वारेमा सहकार्य गरेर अगाडी वढ्ने उनको भनाइ थियो ।
सेन्चुरी पर्यटन ब्यवसायी समितीका अध्यक्ष दल बहादुर गुरुङले अन्नपूर्ण क्षेत्रमा एन आर एनले गर्न लागेको सहकार्यले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए । अन्नपूर्ण क्षेत्र मात्र नभइ आगामी दिनमा नेपालको पर्यटनको क्षेत्रमा एन आरएनको सहयोगले उपलब्धि हासिल गर्न सक्ने उनको भनाइ थियो ।