प्रचारप्रसारको प्रतीक्षामा तीनखोलेदेवीको मन्दिर (फोटो फिचर)


पोखरा । तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका वडा नं. ८ मा रहेकोे तीनखोलेदेबीको मन्दिर धार्मिक पर्यटन र बनभोज स्थलको रूपमा बिकसित हुन सक्ने सम्भावना भएर पनि प्रचारप्रसारको कमिले ओझेलमा परेको छ ।

खैरेनीटारबाट ७.५ किमि उत्तरमा रहेको मन्दिर परिसरमा तीन खोलाको मिलन, विभिन्न देवी देबताको मुर्तिहरु, तीन वटा झरना, तीन वटा पानीको रह, भक्तजनको सुबिधाको लागि तीनको ट्रस, खाना बनाउन सकिने पाटी लगाएतको सुबिधा रहेका छन् ।

मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारीले पाँच बर्षदेखि मन्दिरको स्वरुप परिवर्तन र मन्दिर सम्मको मोटर बाटो बनाउन सफल भएकोमा खुशी व्यक्त गरे ।

१८८७ सालमा स्थापना भएको मन्दिरमा पुजारी मगर, ब्राह्मण, गुरुङ आलोपालो हुने गर्दथे तर गुरुङ पुजारी हुँदा गाउँले लाई नफापेको कारण त्यहाँ देखि मगर पुजारीले मात्रै पुजा गर्दै आएको ईतिहास रहेको छ ।

तस्बिर : कृष्ण रानाभाट
img_20161006_125750

img_20161006_104031

img_20161006_102838

img_20161006_100434

img_20161006_125509