पृथ्वीराजमार्ग बुधवार देखि अवरुद्व, अझै दुइतर्फी खुलेन।


आश्विन २०, २०७३- पहिरोले १० घण्टाभन्दा बढी समय अवरुद्ध भएर खुलेको पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरनी खण्ड बिहीबार पनि एकतर्फी रुपमा मात्रै सञ्चालन भइरहेको छ । 

बिहीबार दोहोरो सवारी आवतजावत गराउने लक्ष्य राखिए पनि पृथ्वी राजमार्ग ४० घन्टासम्म खुल्न सकेको छैन । बुधवार बिहान ८ बजे तनहुँको आँबुखैरेनी ८ ऐनापहरोमा पहिरो खस्दा दुई तर्फी सवारी साधन सञ्चालनमा अबरोध पुर्याएको छ। 

दशैंका कारण दैनिक आवतजावत गर्ने सवारी साधनको चाप बढिरहेका कारण राजमार्गमा बुधबारदेखि जाम भएको छ। बुधवार दिनभर पहिरो पन्छाउने काम गरेपछि साँझ मात्र एकतर्फी गाडी खुलेको थियो । पहिरोका कारण दसैंका लागि घर हिँडेका सर्वसाधरण, बिरामी बोकेका एम्बुलेन्स, पर्यटक मारमा परेका छन्।