बार्सिलोना हार संगै चौथो नम्बरमा, रियल मड्रिड बराबर हुदै दोश्रो नम्बरमा


स्पेन । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ भने रियल मड्रिड बराबरीमा रोकिएको छ । यसको फाइदा भने एथ्लेटिको मड्रिडलाई भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टभियोसँग ४–३ ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा लागो आस्पास प्रेरित सेल्टाभियोले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । २२ औं मिनेटमा सिस्टोले गोल गरेभने ३१ औं मिनेटमा आस्पासले अग्रता दोब्बर पारे । दुई मिनेटमा लगतै म्याथुले आत्मघाती गोल गरे ।

र, पहिलो हाफमा बार्सिलोना ३–० ले पछाडि पर्‍यो । दोस्रो हाफमा बार्सिलाना खेलमा फर्कने संकेत देखायो । ५८ औं मिनेटमा जेरार्ड पीकेले हेडगोल गरे भने ६४ औं मिनेटमा पाएको पेनाल्टमिा नेयमारले गोल गरे ।

तर, ७७ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै सेल्टाभिगोको अग्रता ४–२ मा पुर्याए । ८७ मिनेटमा पिकेले अर्को गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन् ।

रियल मड्रिड बराबरीमा रोकियो

त्यसअघि भएको खेलमा रियल मड्रिड एइबरसँग १–१ को बराबरीमा रोकिएको थियो । रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा भ्रमणकारी टोलीले छैटौं मिनेटमा नै रिको कास्ट्रोको गोलबाट अग्रता लिएको थियो ।

तर, १७ औं मिनेटमा ग्यारेथ बेलले बराबरी गोल फर्काए । तर, रियल मड्रिड थप गोल गर्न भने असफल रह्यो । प्रशिक्षक जिनेदान जिदानले अट्याक र डिफेन्स दुबैमा खेलाडी परिर्वतन गरेपनि नजितामा कुनै हरेफर हुन सकेन ।

सिजनको सुरुवाति खेलमा लगातार जित हात पारेको रियल मड्रिडले त्यसपछि लगातार तीन लिग खेलमा अंक बाड्नु परेको छ ।

आइतबारकै सुरुवाति खेलमा भ्यालेन्सियालाई २–० ले हराएको एथ्लेटिको मड्रिड १५ अंकसहित अंक तालिकाको शीर्ष स्तानमा छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान अंक छ भने सेभिल्ला १४ अंकसहित तेस्रो र बार्सिलोना १३ अंकसहित चौथो स्थानमा छ ।