फ्रान्समा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न


पेरिस / नेपाली एकता समाज फ्रान्सले बिभिन्न संघसंस्थाहरू वीच राखेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि एकता समाज फ्रान्सको पहेँलो जर्सीले हासिल गरेको छ भने तमु समाज फ्रान्स समाज फ्रान्स द्धितिय भयो।

नेपाली एकता समाज फ्रान्स पहेँलो जर्सी, नेपाली एकता समाज फ्रान्स रातो जर्सी, तमु समाज फ्रान्स र नमस्ते फ्रान्स बिच गत सेक्टेम्बर १८ तारिख मैत्रीपूर्ण भलिबल प्रतियोगता सम्पन्न भएको हो। भलिबल प्रतियोगितामा  शिखर पुन उत्कृष्ट खेलाडी घोषित भएका थिए।14449720_184241335342180_1070347728446919762_nरेग पुन र लक्ष्मी प्रसाद भट्टचनको नेत्तृत्वमा आयोजना गरिएको उक्त भलिबल प्रतियोगिताको उद्घाटन एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष तथा समाज सेवी हरिहर अर्यालले गरेका थिए। यस्तै नेपाली राजदूतावास फ्रान्सकी महामहिम राजदूत अम्बिका देवी लुईंटेल मानन्धरको प्रमुख आतिथ्यमा  सम्पन्न समापन कार्यक्रममा मेडल,प्रमाण पत्र, कप र नगद पुरस्कार बितरण गरिएको थियो।

कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउँने सबैलाई  नेपाली एकता समाज फ्रान्सका अध्यक्ष लोक ब. पुनले धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताए।14359092_184241368675510_6356511685111129977_n14364709_184241572008823_8088365858932159228_n