मनास्लु पहिरोमा परि एक स्पेनीस सहित ४ जनाको मृत्यु,अन्य ११ स्पेनीस घाईते


मनास्लु/ मनास्लु पदमार्गको उहिया गाविसस्थित तातोपानी र केरौंजा–९ जोड्ने पुल नजिकै दोभार भन्ने ठाउँमा पहिरोमा परेर एक स्पेनी पर्यटकसहित ३ नेपालीकाे मृत्यु भएकाे छ । बिहीबार बिहान करिब ८ बजे पहिरो गएको स्थानीयले जनाएका छन् । पहिरोमा परि स्पेनिस नागरिकसहित ओखलढुङ्गा घर भएकी क्यान, नेपाल बस्ने २५ वर्षिया रञ्जना बस्नेत, पर्यटक गाईडहरु गोकर्ण काठमाडौं बस्ने ३५ वर्षीय दार्जे लामा र ३० वर्षीय छिरी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुकाे काठमाडौंस्थित बयाेधा अस्पतालमा उपचार भइरहेकाे छ । अस्पतालका निर्देशक रवी चाैधरीका अनुसार बिहान ४ विभिन्न हेलिकप्टरमा उद्धार गरेर १७ जनालाई अस्पताल ल्याइएकाे थियाे । यस मध्ये ११ स्पेनी र २ नेपालीलाई अर्थाेपेडिक र जेनरल सर्जरी विभागमा भर्ना गरेर उपचार जारी छ । बाँकी ४ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएकाे छ । हाल ३ जनाकाे शल्कृया भइसकेकाे छ भने २ जनाकाे हुने प्रकृयामा छ । अस्पतालमा उपचारकाे क्रममा कसैकाे पनि मृत्यु नभएकाे चाैधरीले जानकारी दिए ।14745459040365पहिरोमा परि अन्य १२ जना विदेशी र २ जना नेपाली घाइते भएका छन् । घाइतेहरुलाई दिउँसो १ बजे मात्रै हेलिकप्टरले उद्धार गरेर काठमाडौं लगिएको छ । फिस्टेल एयरको हेलिकप्टरले घाइतेकाे उद्धार गरेको हो । घाइते हुने दुई नेपालीमा साेलीकी २४ वर्षीया प्रिति मगर र साेलु कै २५ वर्षीया चेतकुमारी  मगर रहेका छन् । उनीहरुकाे टाउकाे तथा खुट्टमा चाेट लागेकाे बताइएकाे छ । १२ विदेशीकाे भने पहिचान खुली सकेकाे छैन ।

क्यान, नेपालकै अन्य दुई कर्मचारी घाईते भएका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए । त्यस क्षेत्रमा राती पानी परेर पहिरो गएको अनुमान गरिएको छ । रञ्जनालाई  पहिरोले पुरेपछि बुढीगण्डकी नदिले बगाएको त्यहाँ पुगेका प्रहरीले जानकारी दिएका छन् । घटना स्थल वरपर टेलिफोनको सुविधा छैन ।22092016053421manaslu_landslide_5-1000x0‘घटनास्थलमा पहिरो खस्ने क्रम रोकिएको छैन,’ प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले घटना स्थल पुगेका प्रहरीलाई उदृत गर्दै भने । पहिरोकै कारण शवहरुको उद्धार हुन सकेको छैन । सिर्दिबासको जगत र माछिखोला प्रहरी चौकीका ७ जना प्रहरी घटनास्थल पुगेका हुन्।

आरुघाट इलाका प्रहरी कार्यालयबाट पनि प्रहरी खटाईएको छ । आरुघाटबाट घटनास्थल पुग्न दुई दिन लाग्छ । स्थानियबासीका अनुसार १५ जना पर्यटकको टोली उहियाको खोर्लामा बास बसेर मनासलु क्षेत्र तर्फ गएका थिए । उनीहरुनै पहिरोमा परेका हुन् । क्यानका कर्मचारीहरु भने विहि गाविसबाट सदरमुकाम तर्फ फर्कदै गरेको प्रहरीले जनाएको छ । घटना घटेको दुई घण्टा पछि मात्रै सदरमुकाममा खबर आई पुगेको थियो भनी ईकान्तिपुर समाचारमा उल्लेख गरिएको छ।22092016053421manaslu_landslide_5-1000x0