वास्तबिक घटनामा आधारित चलचित्र ‘तुईन’ को टिजर (भिडियो)


सेप्टेम्बर २१, धादिङ तथा गोरखा जिल्लाका वासिन्दाले अहिले सम्म पनि नदि माथि बाट आवत जावत गर्दा तुईन प्रयोग गर्नु पर्दाको पीडालाई समेटेर बास्तबिक कथामा निर्माण गरिएको चलचित्र ‘तुईन’को टिजर सार्वजनिक भएको छ। उत्सव थपलियाको निर्देशनमा तयार भएको चलचित्र ‘तुइन’को टिजरमा एक वृद्ध व्यक्तिले तुइन प्रयोग गर्दाको दुख देखाइएको छ । चलचित्रमा अमेरिकामा बस्दै आएकी एनआरएन सिर्जना उप्रेतीको लगानी रहेको छ।  
केहि बर्ष पहिले स्कुल पढ्न जाँदै गर्दा तुईन दुर्घटनामा परि झन्डै ज्यान गुमाएका सुरेश थापालाई प्रमुख पात्र बनाएर निर्माण गरिएको चलचित्रको अन्य कलाकारमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया रहेका छन्। चलचित्रमा सुरेश अधिकारीको संगीत, आङछेन लामाको छायांकन रहेको छ।