पुर्बेली नेपाली एकता समाजले दशैमा शुभकामना आदानप्रदान गर्ने


बार्सिलोना / नेपालीहरुको महान पर्ब बडा दसैको उपलक्ष्यमा पुर्बेली नेपाली एकता समाज स्पेनले कार्यक्रमको आयोजना गर्ने भएको छ। समाजले बडा दसैको उपलक्ष्यमा शुभ-कामाना आदानप्रदानको कार्यक्रम गर्न लागेको हो।

समाजका अध्यक्ष पुरुषोत्तम भट्टराईका अनुसार दसैको उपलक्ष्यमा स्पेनमा रहेका पुर्बेली नेपालीहरु बीच शुभ-कामाना आदानप्रदान हुन लागेको हो। अध्यक्ष भट्टराईले उक्त अबसरमा भेटघाट छलफल तथा समाजका आगामी योजनाहरु सहित बिशेष सांगीतिक साँझ डिनरको आयोजना गरेको बताए। कार्यक्रमको उपस्थित हुन पुर्बेली नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई समाजले अनुरोध गरेको छ।

  • कार्यक्रम बारे बिबरण
  • मिति- अक्टोबर ४ तारिख
  • स्थान– गान्धी रेष्टुरेन्ट,काईया बाल्मेस,२१
  • समय :– साँझ ७ बजे देखि राति ११ बजे सम्म
  • टिकट शुल्क:- १५ युरो, बालबच्चाको लागि १० युरो ( १० बर्ष माथिका बच्चाहरुको लागि)
  • आयोजक:- पुर्बेली नेपाली एकता समाज स्पेन