बालोन डि’ओरसँग फिफाले सहकार्य तोड्यो, अब छुट्टा छुट्टै अवार्ड हुने


फिफाले विश्वको उत्कृष्ट खेलाडीलाई दिइने अवार्ड बालोन डि’ओरसँगको सहकार्य तोडेको छ । फिफाको साथ टुटे पछि बालोन डि’ओरको मह्त्व घट्ने देखिएको छ ।

सन् १९५६ देखि फ्रान्स फुटबलले दिँदै आएको यो अवार्ड पछिल्ला बर्षहरुमा निकै चर्चित बनेको थियो । फिफाले १९९१ देखि वर्ल्ड प्लेयर अफ दि इयर अवार्ड दिने गरेको थियो । तर, २००९ देखि फिफासँग मिलेर बालोन डि’ओर प्रदान गरियो । त्यसकारण पनि बालोन डि’ओरको महत्व निकै बढेको थियो ।

अब बालोन डि’ओर अवार्डलाई फान्सेली पत्रिकाले जारी राख्ने छ । र, यसबारे २० सेप्टेम्बरमा थप जानकारी दिइनेछ ।

फिफाले पनि आफ्नो छुट्टै अवार्ड दिनेछ । र, यसको पनि विस्तृत जानकारी अहिले केही दिइएको छैन । फिफाले आफ्नो अबार्ड दिने भए पछि पहिले जस्तै वर्ल्ड प्लेयर अफ दि इयर अवार्डको मह्त्व बढ्ने आकालन गरिएको छ । तर के गर्ने भन्ने बारे फिफाले जानकारी भने गराईसकेको छैन ।

यो सँगै यो बर्ष उत्कृष्ट हुने खेलाडीहरु दुई अबार्डका लागि दाबेदार हुन पाउँने छन् । कुन अवार्डको मह्त्व कस्तो रहने छ भन्ने बारे जानकारी पाउँन भने प्रतिक्षा नै गर्नु पर्छ ।