नेपालीनेपाली डटकमका समाचार संयोजक पत्रकार रानाभाट सम्मानित


पोखरा । नेपालीनेपाली डटकम पोखरा समाचार संयोजक कृष्ण रानाभाट सम्मानित भएका छन् । वडा नागरिक मञ्च पोखरा ९ ले शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वतन्त्र पत्रकार संघ कास्की सचिव कृष्ण रानाभाटलगाएत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो । पत्रकार रानाभाट पोखरा उद्योग वाणिज्य संघको आसन्न ३१ औं अधिवेसनमा कार्य समिति पदका उम्मेदवार समेत हुन् ।

मञ्चले वडा नं. ९ भित्रका विभिन्न समाजसेवीहरुको साथमा पत्रकार रानाभाटलाई पनि सम्मान गरेको हो ।सम्मानित हुने समाजसेवी जेष्ठ नागरिकद्वय जगतकृष्ण कर्माचार्य र नुरप्रसाद गौतम, वडा सचिव लोकदर्शन कोईराला, टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उत्तम जोशी, प्रहरी विट ईन्चार्ज हवल्दार गौतम श्रेष्ठलाई प्रमुख अतिथि ओमराज पौडेलले सम्मानपत्र, अबिर र खादाले सम्मान गरेका थिए ।

सो अबसरमा मञ्चका संयोजक लेखुराम खतिले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै पोखरा उपमहानगरपालिका क्षेत्रमा पोखरा ९ मा वडा नागरिक मञ्च पहिलो पटक गठन भएको बताउँदै मञ्चले वडा कार्यालयलाई हरेक क्षेत्रमा सहयोग एवं बिकास निर्माणका कामको अनुगमन गर्दै आएको पनि बताए ।

सम्मान कार्यक्रमको वरिष्ठ अधिकृत एवं सामाजिक शाखा प्रमुख ओमराज पौडेलले उद्घाटन गर्दै सम्मानित व्यक्तिहरुलाई वधाई ज्ञापन गर्दै नागरिक मञ्चले गरेका कार्यको प्रशंसा गरेका थिए । मञ्चका संयोजक लेखुराम खतिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भावना श्रेष्ठले गरेकी थिईन भने स्वागत सहसंयोजक इन्द्रकमल मानन्धरले गरेकी थिइन् ।