परराष्ट्रमन्त्री डा. महतले स्पेनमा दुताबास ल्याउँन के भनेका थिए ? (अडियो फाईल )


बार्सिलोना/ प्रधानमन्त्री होस् वा मन्त्री देखि, दलका नेताहरुसम्मले बोलेका कुरा पुरा गर्दैनन् भन्ने नमिठो छाप नेपाली जनता माझ परिसकेको छ। भाषणमा भने मिठा- मिठा गफ गर्दै ठुला ठुला सपना देखाउँने तर व्यबारमा कत्ति पनि लागु गर्न नसक्दा राजनीतिक दलका नेताहरुले आजभोली चर्को आलोचना खेप्दै आएका छन्।

चाहे नेपाललाई स्बिजरल्याण्ड बनाउँने सपना होस् वा घर- घरमा बिजुली वा घर-घरमा पानीका धारा पुर्याउँने सपना किन नहोस् नेताको बोल्ने भाषणमा यी शब्दहरु सामान्य बन्दै गएका छन्। स्वदेशमा यसो भनीरहँदा विदेशमा भने राज्दुताबास शब्द निकै लोकप्रिय बनेको छ। नेपालीहरु बसाई दिन प्रतिदिन विदेशमा बाक्लिदै गए पछि प्राय: मुलुकहरुमा दुताबासको माग बढ्दै गएको छ। नेपालीहरुको बाक्लो बसाई भएको मुलुकहरुमा नेपाली दुताबास स्थापना पहिलो माग भएकोले पनि नेताहरुले यसलाई पनि बोल्ने भाडो बनाएको भेटिन्छ।

यसै क्रममा करिव १० हजार नेपालीहरु बसोबास गर्ने अनुमान गरिएको स्पेनमा पनि नेताहरुले आश्वासन बाँड्न कुनै कन्जुसाई गरेका छैनन्। बेला मौकामा युरोप आउँदा स्पेन भित्रिए लगत्तै दुताबास बारे राम्रै चर्चा हुन्छ। तर प्रगती भने हालसम्म शुन्य नै छ। पुर्ब प्रधानमन्त्री केपी शर्मा ओली देखि हालका परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत सम्मले स्पेनमा आएर नेपाली दुताबास स्थापना गर्न सक्दो पहल गर्ने प्रतिबद्दता जनाईसकेका छन्।

परराष्ट्रमन्त्री डा. महतले दुई बर्ष अघि के भनेका थिए ?

नेपाली काँग्रेसका नेता तथा परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले स्पेनमा नेपाली दुताबास स्थापना गर्न पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए। दुई बर्ष अघि एक अन्तरबार्ताको क्रम डा. महतले सम्बधित निकायमा यो बारे आबाज उठाउँने प्रतिबद्दता ब्यक्त गरेका हुन्। सन् २०१४ मा बार्सिलोनामा आउँदा यस्तो बताउँने महत आज आँफै परराष्ट्रमन्त्री बने पछि अब के गर्लान् ? भन्ने चासो यहाँको नेपाली समुदायमा परेको छ।

डा. महतले कतिपय मुलुकमा सरकारले विचारै नपुर्याई दुताबास खोलिएको भन्दै त्यस्ता ठाउँमा बन्द गरेर स्पेनमा नेपाली दुताबास स्थापना गर्नु पर्ने अन्तरबार्ताको क्रममा बताएका थिए। डा. महतले अन्तर्वार्तामा भनेका थिए,”दक्षिण अफ्रिका,ब्राजिल जस्ता मुलुकमा दुताबासको आबस्यकता नै छैन त्यस्तो ठाउँमा बन्द गरेर यहाँ स्थापना गर्नु पर्छ।”

पहिले ब्यापार,लगानीलाई हेरेर दुताबास खोल्ने सरकारको नीति भएको भए पनि अब भने नेपालीहरुको बसाईलाई प्राथमिकतामा राक्नु पर्ने पनि डा.महतले बताएका थिए। डा. महतसँग सन् २०१४,जुन ५ तारिख पत्रकार बसन्त रानाभाटले स्पेनमा लिएको अडियो अन्तरबार्ता सुन्नुहोस्।

नोट:- अन्तरबार्ता गैर आबासीय नेपाली संघको सातौ युरोपेली क्षेत्रीय बैठक बार्सिलोनामा सुरु हुनु एक दिन अगाडि लिएको हो,करिब १ घण्टाको अडियोलाई छोटो बनाएर मात्र करिव २० मिनेट मात्र राखिएको छ।