मेस्सीको हृयाट्रिक,सेल्टिकको पोष्टमा बार्सिलोनाको सात गोल,


बार्सिलोना/ लिओनल मेस्सीले च्याम्पियन्स लिगको सुरुवाती खेलमा नै हृयाट्रिक पुरा गर्दा बाार्सिलोनाले सेल्टिकलाई पराजित गरेको छ। मंगलबार राति भएको समूह चरणको आफ्नो पहिलो खेलमा बार्सिलोनाले सेल्टिकलाई ७-० गोलको फराकिलो अन्तरले हराएको हो ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा मेस्सीले तेस्रो मिनेटमा नै गोलको खाता खोले । खेलको २४ औं मिनेटमा नै सेल्टिकले बराबरी गोल गर्ने मौका पाएको थियो । बार्सिलोनाका गोलकिपरले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले सेल्टिकलाई पेनाल्टी दियो । तर, मौउसा डेम्बेले गोल गर्न चुके । उनले दाँया कर्नर च्यापेर हानेको बललाई बार्सिलोनाका गोलकिपर रोकेका थिए।

त्यसको तीन मिनेट लगतै मेस्सीले दोस्रो गोल गरे । र, पहिलो हाफमा घरेलु टोली २-० ले अगाडि रहृयो ।दोस्रो हाफमा पनि बार्सिलोनाको दबदबा रहृयो भने सेल्टिक खेलमा फर्कनै सकेन । ५० औं मिनेटमा नेयमारले फ्रि किक गोल गरे भने ५९ औं मिनेटमा आन्द्रे इनिष्टाले गोल गरे ।

त्यसको केही क्षणमा नै मेस्सीले हृयाट्रिक पुरा गरे । लुइस स्वरेजले पूर्व प्रशिक्षक ब्रेन्डन रोजर्सको क्लब सेल्टिकविरुद्ध ७५ र ८८ औं मिनेटमा गोल गरे र बार्सिलोनाले ७-० को जित हात पारेको छ ।