गोरेटो अनि उस्तै छ गल्लीका गायक सुनिल बर्देवाको निधन


चर्चित गायक, सङ्गीतकार सुनिल बर्देवा’ को निधन भएको छ । गायक बर्देवाको ४४ वर्षको उमेरमा मंगलबार साढे ८ बजे शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

केही समयदेखि जण्डिसबाट पीडित गायक बर्देवाले धुम्बाराहीस्थित घरमा असहज महसुस गरेपछि आफन्तले मंगलबार साँझ शिक्षण अस्पताल पुर्‍याएका थिए । पुरानो महाराजगञ्जस्थित घर छाडेर केही समयदेखि बर्देवा धुम्बाराहीमा बसोबास गरिरहेका थिए ।

उनले गाएका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा, पर्खाइमा, जब म लगायतका गीत चर्चित छन् । यस्तै जब म’ ‘मेरो गितार’ ‘बेस्ट अफ सुनिल बर्देवा’लगायतका अल्बम प्रकाशित छन् । बर्देवाका १ छोरा र १ छोरी रहेका छन् । गत वर्ष उनकी श्रीमतीको पनि देहान्त भएको थियो ।

र्देवाको पार्थिव शरीरलाई श्रदाञ्जलीकालागि बुधबार बिहान नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमाराखिने जनाइएको छ । उनको बुधबार नै पशुपति आर्यघाटमा दाह संस्कार गरिने गीतकार भुपेन्द्र खड्काले जनाएका छन् ।