पाँचौं रनिङ शिल्ड भलिबलको उपाधि आरगाउलाई


स्विटजरल्याण्ड / पाँचौं रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आरगाउको समुहले उचालेको छ ।फाईनल खेलमा “नेपाल पर्यटनका लागि सुरक्षित छ समुहलाई” पराजित गर्दै उपाधि चुमेको हो । “नेपाली जनसम्पर्क समिति, स्विटजरल्याण्डको अायोजनामा अाईतबार सम्पन्न प्रतियोगितामा आरगाउले पदक र कप प्राप्त गर्दै प्रथम पुरस्कार जितेको छ ।

गुणराज शर्माको संयोजनमा रहेको बिजेता टोलिमा विनोद क्षेत्री, हिरालाल श्रेष्ठ, भुमिराज गुरूङ, तिलक थापा, बिरू गुरूङ, बिष्णु गुरुङ र हरि रेग्मीले खेलेका थिए ।

जुरीखको बुखेगप्लाजमा सम्पन्न प्रतियोगितामा लिग चरणबाट दुई समुहहरु फाईनलमा प्रबेश गरेका थिए । प्रतियोगितामा आरगाउ समुह, नेपाल पर्यटनका लागि सुरक्षित छ समुह, जुरीख नेपाल स्पोर्टस् क्लब र सारगान्स समुहले प्रतिस्पर्धा गरेका थिए ।