स्पेनमा बिपी कप भलिबलको सम्पूर्ण तयारी पुरा


बार्सिलोना/ नेपाली जनसम्पर्क समिती स्पेनले हरेक बर्ष आयोजना गर्दै आएको बिपी कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । विश्वेश्वर प्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीको उपलक्ष्यमा सोमबार बार्सिलोनामा हुने भलिबल प्रतियोगिताको तयारी पुरा भएको हो।

प्रतियोगितामा प्रथम हुनेलाई ५ सय १ युरो नगद र दोस्रो स्थान हासिल गर्ने टिमलाई २ सय ५१ युरो नगद ट्रफी ,मेडल र प्रमाणपत्रको ब्यवस्था रहेको प्रतियोगिताका संयोजक पुष्पराज भण्डारीले जानकारी दिए ।
स्पेनमा रहेका संघ सस्थाहरु बीच आपसी सम्बन्ध र भाईचारा बढाउँन बिपी जयन्तीको अबसरमा समितले हरेक बर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताको उपाधि लगातार ३ बर्ष सम्म गल्कोट समाज स्पेनले जित्दै आएको छ।

स्पेनमा संघ सस्थाहरु थपिने क्रम बढ्दै गएकाले यस बर्ष भने धेरै टिमको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम बारे थप जानकारीको लागि
मिति-१२ सेप्टेम्बर २०१६
समय- १ बजे बाट
स्थान- – Carrer Luis Borràs, 25 -08018 Barcelona Metro 4 Besos mar
आयोजक – नेपाली जनसम्पर्क समिति स्पेन