महाबिरलाई राजेश पायलको सहयोग


सेप्टम्बर ११, विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यसहित महाबिर पुन यतिबेला राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि संसारभर छरिएर रहेका नेपाली माझ सहयोग संकलन अभियानमा सक्रिय रहेका छन् । यसै बीच पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ख्यातिप्राप्त गायक राजेश पायल राईले ५० हजार नेपाली रुपैंयाको आर्थिक सहयोग गरेका छन्। सहयोग बुझ्ने क्रममा पुनले भने सरकारले गर्नुपर्ने काम अरुले गर्नुपरेको भन्दै गायक राजेश पायल राइले गरेको सहयोगलाई महादान भन्दै धन्यवाद ब्यक्त गरेका छन्।