प्रथम एलजी फिल्म अवार्डमा पशुपति प्रसाद सर्बोत्कृष्ट (बिजेताको सुची सहित)


सेप्टेम्बर ७, काठमान्डौ – राजधानीमा एलजी फिल्म अवार्ड सम्पन्न भएको छ। बुधबार सम्पन्न एलजी फिल्म अवार्डमा बर्षको उत्कृष्ट अभिनेता तर्फ दयाहाङ राई र अभिनेत्री तर्फ नम्रता श्रेष्ठ उत्कृष्ट बनेका छन् । दयाहाङले फिल्म कबड्डी कबड्डी र नम्रताले चलचित्र क्लासिकबाट अवार्ड जितेका थिए। कुल २१ विधामा प्रदान गरिएको एलजी फिल्म अवार्डमा बर्षको उत्कृष्ट चलचित्र तर्फ पशुपतिप्रसादले अवार्ड जित्यो भने उत्कृष्ट निर्देशकमा पनि सोहि चलचित्रबाट दिपेन्द्र के खनालले अवार्ड पाए । अवार्डमा यस बर्षको सफल चलचित्र प्रेम गीतका नायक नायिका पुजा शर्मा र नायक प्रदिप खड्काले बेस्ट जोडीको अवार्ड पाए भने बर्षको पपुलर हिरो र हिरोइनमा क्रमस अनमोल केसी र रेखा थापा चुनिए। 
त्यस्तै अवार्डमा कला निर्देशक उद्धवराज भटटराई जुंगेलाई ५१ हजार बराबरको चेक सहितलाईफटाईम एचिभमेन्ट अवार्डमाट सम्मानित गरिए भने नायिका तथा अभिनेत्री करिश्मा मानन्धरलाई ‘डिकेड अफ द इयर’ बाट सम्मानित गरियो। प्रथम एलजी अवार्ड वितरण समारोहमा प्रमुख अतिथीको रुपमा वलिउड अभिनेता सत्रुघन सिन्हा आएका थिए  । कार्यक्रममा सत्रुघनको बायोपिक पुस्तक ‘एनिथिङ्ग बट खामोस’ को नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन, बलीउड अभिनेता शत्रुघन सिन्हा, उद्योगपति विनोद चौधरी, बरिष्ठ कलाकार नीर शाह लगाएतले सार्वजनिक गरेका थिए । 
एलजी फिल्म अवार्डका सम्पूर्ण  विजेताको नाम यसप्रकार छः
उत्कृष्ट फिल्मः पशुपतिप्रसाद
उत्कृष्ट निर्देशकः दिपेन्द्र के खनाल( पशुपतिप्रसाद)
उत्कृष्ट अभिनेताः दयाहाङ राई
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ
उत्कृष्ट कोरियोग्राफीः रेनशा वान्तवा राई (प्रेमगीत)
उत्कृष्ट म्युजिक डाईरेक्टरः अर्जुन पोखरेल (प्रेमगीत)
उत्कृष्ट एक्शन निर्देशकः हिमाल केसी (भैरव)
उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल (क्लासिक)
उत्कृष्ट स्कृनप्लेः पशुपतिप्रसाद, खगेन्द्र लामिछाने
उत्कृष्ट व्याकग्राउण्ड स्कोररः एलिस कार्की (प्रेमगीत)
उत्कृष्ट पपुलर गीतः सुर्के थैली (वडा नम्बर ६)
उत्कृष्ट कलरिष्टः क्लासिक, अनन्त घिमिरे
उत्कृष्ट भिएफएक्सः च्याम्पियन (अक्की शर्मा, सत्यम राना)
उत्कृष्ट कपल अफ दि ईयरः प्रेमगीत, ( प्रदिप खड्का, पूजा शर्मा)
उत्कृष्ट स्टण्टः भैरव (सिम्पसन तामाङ
उत्कृष्ट ट्रेलरः भैरव (साहिल खान)
उत्कृष्ट पोस्टरः वडा नम्बर ६ (सुन्दर श्रेष्ठ)