युरोपका चर्चित गायक सुन्दास राष्ट्रियस्तरको प्रतिस्पर्धामा


बार्सिलोना/  युरोपका चर्चित गायक सुभाष सुन्दासको ‘माया हो’ बोलको गीत १८ औं टुबोर्ग ईमेज अवार्डको प्रतिस्पर्धामा उत्रेको छ। स्विटजरल्याण्ड निबासी गायक सुन्दासको गीत ईमेज अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा परे पछि कडा प्रतिस्पर्धामा उत्रेको हो। सुन्दासको गीत पुरुष तर्फको सर्वोकृष्ट नेपाली पप गायन विधामा छनोट भएको छ।

गायक सुन्दासको डेब्यु एल्बम ‘उडन देउ’ मा समाबेश भएको उक्त गीत “माया हो” ले स्थापित नेपालका कलाकारहरुसँग प्रतिस्पर्धा गरीरहेको छ। सुन्दासको “माया हो” गीत सँगै पुरुष तर्फको सर्वोकृष्ट नेपाली पप गायन विधामा प्रमोद खरेलको “औई झुम्मा”,अनिल सिंहको “सम्झना”, उदेश श्रेष्ठको “सक्दिन बिर्सन” र भरत सिटौलाको “बैशमा” बोलका गीतहरु परेका छन्।

आफ्नो गीत राष्ट्रिय स्तरका कलाकारहरु सँग प्रतिस्पर्धामा आएको देखेर गायक सुन्दासले खुशी ब्यक्त गरेका छन्। उनले नेपालीनेपाली डटकमलाई भने,” यो नै मेरो जीत हो,उत्कृष्ट पाँचमा परेर राष्ट्रिय स्तरको प्रतिस्पर्धामा आउँनु नै मेरो संघर्षको प्रतिफल हो, अब अवार्ड जिते पनि नजिते पनि यसलाई नै ठुलो उपलब्धि ठानेको छु।”14141710_1085625674854585_8820273828654031781_nयुरोपको नेपाली समुदायमा लोकप्रिय बनेका गायक सुन्दासको गीत राष्ट्रिय स्तरको प्रतिस्पर्धामा आए पछि उनको कलाको चौतर्फ्री प्रशंसा भएको छ। कला र गला भयो भने विदेशबाट पनि स्तरीय गीत संगीत पस्कन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।  आगामी  सेप्टम्बर १४ तारिख एक बिशेष समारोह बीच बिजेताहरुको नाम घोषणा गर्दै अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

नेपालको हिमाली क्षेत्र लुक्ला, सोलुखुम्बुमा जन्मेका सुन्दास सानै देखि संगीत र नृत्यमा रुची राख्दथे। आठ कक्षामा पढ्दै गर्दा गीतारको तालमा गाउँन सुरु गरे। नौ कक्षामा पुगे पछि त गायक सुन्दासले “पिडै पिडा” बोलको गीत रेकर्ड गराएका थिए। हाल भने युरोपमा रहेका सुन्दास यहाँको नेपाली समुदायमा निकै चर्चा बटुलीरहेका छन्। उनलेजर्मनी, डेनमार्क, नेदरल्याण्ड, साईप्रस, स्पेन लगायतका मुलुकहरुमा विभिन्न प्रस्तुति राखीसकेका छन्।