यूएईमा ज्योतीको तहल्का (फोटो फिचर)


-मान बहादुर के.सी ‘मुस्कान’ यूएई,

हिन्दु नारीहरुको महान चाड हरीतालीका तिजको अवसरमा गैर आवासिय नेपाली संघ (एनआरएनए) र अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) रासअल-खैमा क्षेत्रीय समितीले आयोजना गरेको ‘नेपाली तीज महोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित गायक नबिन पौडेलले दु:खका दिन गए, राजनीतिमा पैसा रैछ, हरेक जातजाती छौ नानाथरी जस्ता आधा दर्जन गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिदै स्टेजबाट तल झरेर बिशेष महिला दिदीबहिनीहरुलाई छमछमी नचाएका थिए । त्यस्तै गायिका गंगा धर्ती मगरले तीजको शुभकामना गित गाएर दर्शकको ध्यान आफु तिर खिचेकी थिन । भने गोपी कृष्ण पङ्गेनीले मायाले मन बराल्छ गीत गाउदै स्टेजको माहोल निकै तताएका थिए ।

उक्त कार्यक्रमको मुख्य आकर्षण रहेकी पछिल्लो समय स्टेज कार्यक्रमहरुमा छोटा कपडा लगाएर उत्तेजित हर्कत देखाउदै आफ्नो पहिरन र जवानीले निकै चर्चित बनेकी गायिका तथा मोडेल ज्योति मगरको नाम लिने बित्तिकै पुरै हल सिटीले गुन्जिएको थियो, ज्योति मगरले आफ्नै अन्दाजमा उफ्री उफ्री नृत्य गर्दै पिरतिमा दम छ, जिम्माल बाउ कि छोरी, उई मुलाको सिन्की उई मुलाको चाना जस्ता आधा दर्जन गीत गाउदा उपस्थित युवाहरु त्यसै चुप लागि बस्न सकेनन् स्टेज अघाडी आएर कोहि उत्तेजित हुँदै छमछमी नाच्दै थिए भने कोहि सिटि बजाउदै आ-आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु खिच्दै रमाईलो गर्दै थिए

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यूएईका उपाध्यक्ष गोपी कृष्ण पङ्गेनीको सभापतित्व तथा युएईका लागि कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बिशेष अथितीहरुमा एनआरएन युएईका अध्यक्ष सुदीप कार्की, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोईराला, नेपाली सोसल क्लबका अध्यक्ष सालीक सुबेदी, समाजसेवी एवम पत्रकार डिल्ली प्रसाद आचार्य तथा डा. दिनेश आचार्य लगायतको उपस्थिती रहेको थियो ।

समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार लगायत झन्डै १ हजार भन्दा बढि दर्शकहरूको भिडले खचाखच भरिएको हलमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु चर्चित गायक नबिन पौडेल, चर्चित गायिका तथा मोडेल ज्योति मगर, गायिका गंगा धर्ती मगर सँगै गोपी कृष्ण पङ्गेनी र युएईमा कार्यरत प्रशान्त पौडेल, सुर्य बहादुर बोहोरा, अर्जुन हान्छुवा, क्षितिज चिन्तन, दीपक गुरुङ, भावना ढकाल लगायत दर्जनौ कलाकारहरुले आफ्नो बेजोड कला प्रस्तुत गरेका थिए ।1 5 7 8 9 10 11 12 13