नेदरल्याण्डको चर्चित अन्तर्राष्ट्रिय मेलामा नेपालको सहभागिता (फोटोफिचर)


द्रोण रिजाल, नेदरल्याण्ड

युरोपमा नेपाल बिशेष कार्यक्रहरु गर्ने क्रम बढीरहेको बेला नेदरल्याण्डको एक बहु चर्चित अन्तर्राष्ट्रिय मेलामा नेपालले सहभागिता जनाएको छ ।

गत शनिबार सम्पन्न एम्बेसी फेस्टिभल नामक अन्तर्राष्ट्रिय मेलामा नेपालले सहभागिता जनाएको हो ।संसारका ४३ भन्दा बढि देशहरुको सहभागिता रहेको मेलामा नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । नेदरल्याण्डको द हेग शहरमा सम्पन्न मेलामा नेपालको भने यो पहिलो सहभागिता हो।

नेपाली राजदूतावास बेल्जियम, एनआरएनए संस्कृति सम्पदा भाषा तथा साहित्य प्रवर्द्धन समिति, नेदरल्याण्डका लागि नेपाली कन्सुलेट, एनआरएनए नेदरल्याण्ड, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास, लालिगुरास,हिमचुली कला केन्द्र, नेदरल्याण्डका नेपाली व्यवसायीहरु, नेपाली सोसाइटी द हेग लगायतका संघ-संस्था र नेदरल्याण्डमा रहेका नेपालीहरुको संयुक्त पहलमा भएको उक्त अन्तर्राष्ट्रिय फेस्टिभलमा नेपालको सांस्कृतिक प्रस्तुतीहरु तथा रमणीय भौगोलिक अवस्था झल्काउने विभिन्न सामाग्रीहरु प्रस्तुत भएका थिए।imageझन्डै ३० हजारको हाराहारीमा विदेशीहरुले अबलोकन गरेको ठानिएको उक्त मेलामा नेपाली हस्तकलाका सामाग्रीहरुका साथमा नेपाली खानाका परिकार तथा अन्य सामाग्री सहितका नेपाली स्टलहरु र नेपाली सांस्कृतिक कार्यक्रमहरुले सबैको आकर्षणको केन्द्र बनाएको थियो ।imageपहिलोपटक भएपनि बहुचर्चित मेलामा नेपालको सहभागिता निकै शानदार रहेको सह्भागिहरुले बताएका छन्। नेपालको आर्थिक उन्नतिमा टेवा पुर्याउन नेपाली उत्पादनको विश्वव्यापी बजार बिस्तार गर्ने नेपाल सरकारले अवलम्बन गर्दै आएको आर्थिक कुटनैतिक नीतिलाई सहयोग पुर्याउन यो मेलामा भएको नेपालको दरिलो सहभागिता निकै नै उपयोगी हुने ठानिएको छ।imageimage