विश्वकप छनौटमा साविक विजेता जर्मनीले सुखद सुरुवात


काठमाडौं । थोमस मुलरले दुई गोल गरेपछि विश्वकप छनौटमा साविकको विजेता जर्मनीले सुखद सुरुवात गरेको छ ।समूह सीमा रहेको जर्मनीले छनौटको आफ्नो पहिलो खेलमा नर्वेमाथि ३-० को जित निकालेको हो । ओस्लोमा भएको खेलमा जर्मनीे १५ औं मिनेटमा मुलरको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिममा किमिचले गोल गरे । उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो । खेलको ६० औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनी ३-०  ले विजयी भएको छ ।
जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा आयोजक राष्ट्र फ्रान्ससँग पराजित भएको थियो ।