आयरल्यान्डमा नेपाल देखियो (फोटो फिचर सहित)


आयरल्यान्ड– आयरल्यान्डमा रहेका नेपाली र आयरल्यान्डका समूदायको सहभागितामा नेपाल आयरल्यान्ड डे हाल सम्पन्न भयो । शनिवार सम्पन्न कार्यक्रममा डुब्लिनका लर्ड मेयर जिओ म्याग हग, सांसदहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरनले नेपाल आयरल्यानड डे कार्यक्रमबाट नेपाल र आयरल्यानडबीच द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन जनस्तरसम्म सम्बन्ध विकास गर्न, नेपालको कला र संस्कृतिलाई विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गरे । लर्ड मेयरले कार्यक्रमको सफलताको शुभकामना तथा नेपाल र आयरल्यान्डबीच सम्बन्ध विस्तार हुने विचार व्यक्त गरे ।

नेपाल आयरल्यानड सोसाइटीका अध्यक्ष दिपेशमान शाक्य, एनआरएन यूरोप संयोजक कुल आचार्य, सांसद जिओ कस्टेलोलगायतले समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न आइरिस र नेपाली कलाकारद्वारा गीत, नृत्य प्रस्तुत गरिएको थियो । नेपाली पञ्चे बाजा कार्यक्रमको प्रमुख आकर्षण थियो ।14264822_10154044742939790_397002608016909335_nविभिन्न समयमा नेपाल भ्रमण गरी आइरिस पर्यटकद्वारा खिचिएको फोटो राखी फोटो प्रदर्शन गरिएका फोटो प्रदर्शनी हजारौंले अवलोकन गरेका थिए । नेपाली दूतावास, नेपाल आयरल्यान्ड सोसाइटी र नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त कार्यक्रममा आयरल्यानडमा रहेका गैरआवासीय नेपाली संघलगायत विभिन्न संघ संस्थाको सक्रिय सहभागिता थियो ।

14224797_10154040901969790_5965656490677635993_n14184288_10154044750079790_4695040084323806798_n