बार्सिलोनामा तीज कार्यक्रम आज,सम्पूर्ण तयारी पुरा


बार्सिलोना – स्पेनको रमणिय शहर बार्सिलोनामा आज तीज बिशेष कार्यक्रमको आयोजना हुँदै छ। प्रबासी नेपाली मञ्च स्पेनले प्रत्येक बर्ष आयोजना गर्ने कार्यक्रम आज हुन लागेको हो। मञ्चले कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

कार्यक्रममा मुख्य आकार्षणको रुपमा लोक दोहोरी कलाकारहरु राम्जी खाँड र लाली बुढाथोकीले बिशेष प्रस्तुति राख्ने भएका छन्। कार्यकम सम्पन्न गर्नको लागि मञ्चले रिता ढुंगाना रेग्मीको संयोजकत्वमा तयारी समिति समेत गठन गरेको छ। हरितालिका तीजको अबसरमा स्पेनबासी नेपाली समुदायलाई हरेक बर्ष जस्तै यो पटक पनि कार्यक्रममा उपस्थित भई सफल पार्न मञ्चले अनुरोध गरेको छ।

बाढीपहिरो पिडितलाई सहयोग

मञ्चका अध्यक्ष दिनेश गुरुङका अनुसार तीजको कार्यक्रममा बिक्रि हुने हरेक टिकटबाट दुई युरो बाढी पहिरो पिडितलाई छुट्टाईने भएको छ। बाढीपहिरोबाट प्रभावित म्याग्दी जिल्लाको बेगखोला गाबिसमा सहयोग पुर्याउँने मञ्चले लक्ष्य अध्यक्ष गुरुङले जानकारी दिए।

कार्यक्रममा उपस्थित तथा स्पेनबासी नेपालीहरुबाट रकम संकलन गर्दै पिडितहरुलाई सहयोग गर्ने मञ्चले लक्ष्य लिएको छ।

कार्यक्रम बारे पूर्ण बिबरण

मिति :- ५ सेक्टेम्बर ,२०१६ सोमबार

स्थान: – काईया सिसिलियाको हल, ३२१

समय :- अपरान्ह ४:३० बजे देखी

प्रबेश शुल्क :- १० युरो (खाना सहित)