नेपालीनेपाली डटकम, अब नयाँ स्वरुपमा,


बार्सिलोना/ युरोपबाट संचालित सबै नेपालीहरुको खबर नेपालीनेपाली डटकमले आफ्नो स्वरूप परिबर्तन गरेको छ। एनएनडीसी मिडिया प्रालि द्वारा संचालित मिडियाले थप बिशेषबस्तुलाई पनि समाबेश गर्दै आफ्नो साईटलाई परिमार्जित गरेको हो।

नयाँ स्वरूपमा मिडियाले गैर आबासीय नेपाली संघ (एनआरएनए) का गतिबिधिलाई अझै बढी समाबेश गरेर बढी केन्द्रित गर्ने संकेत दिएको छ। मिडियाको नयाँ स्वरूपमा “एनआरएन बिशेष” विधा थप गरेको छ। ७४ बटा देशमा राष्ट्रिय समन्वय परिषदहरु गठन गरी बिश्वब्यापी रुपमा फैलिएको गैर आबासीय नेपाली संघका गतिबिधिलाई पूर्ण रुपमा समाबेश गर्ने जमर्को मिडियाले लिएको छ।Screen Shot 2016-09-04 at 23.14.11

नेपालीनेपाली डटकमले एनआरएन बाहेक प्रबासमा रहेका नेपाली समुदायका गतिबिधिहरुलाई पनि समाबेश गर्ने गरी अगाडी बढ्ने जनाएको छ।  मिडियाका संस्थापक तथा प्रधानसम्पादक बसन्त रानाभाटले प्रबासका गतिबिधिहरुलाई एकै ठाउँमा हेर्न सकिने गरी मिडियाले तयारी गरी रहेको जनाएका छन्। उनले भने,” एनआरएन लगायत प्रबासको नेपाली समुदायलाई केन्द्रित गरेर अगाडी बढ्ने कोशिस गरिरहेका छौ। पहिले भन्दा केहिँ नयाँ दिने हाम्रो प्रयास जारी रहेको छ।”

यसै गरी मिडियाले मनोरन्जन विधालाई पनि प्राथमिकतामा राखेको छ। नेपाली कला र संस्कृतिको पहिचान सहितका विदेशमा थुप्रै सांगितक कार्यक्रमहरु हुने हुँदा पनि यसलाई थप परिमार्जित गरिएको मिडियाले जनाएको छ। यसै गरी साहित्य, पोखरा सेरोफेरो,मुलुक,खेलकुद,बिचार,सुचना बिज्ञप्तिलाई पनि मिडियाले समाबेश गरेको छ। परिमार्जित साईट चेक गर्न यहाँ क्लिक गर्नुहोस्। 

Screen Shot 2016-09-04 at 23.14.31Screen Shot 2016-09-04 at 23.14.19