आइसीसीले नेपाल माथि लगाएको प्रतिबन्ध ९ महिना भित्र हटाउने,सल्लहाकार समिति बनाउने


सेप्टेम्बर ४, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल -आइसीसी)ले नेपाल क्रिकेट सघंमाथि लगाएको प्रतिबन्ध आगामी ९ महिनाभित्र हटाउने बताएको छ । 

राससका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली सँग नेपाल भम्रणमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहित तीन सदस्यीय प्रतिनिधमण्डलले आइतवार गरेको छलफलपछि उक्त सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो क्रममा रहेको र आइसिसीले क्यानमा प्रतिबन्ध लगाएका कारण क्रिकेट क्षेत्र समस्या परेकाले प्रतिबन्ध खोल्न आग्रह गरेका थिए । 

साथै आईसीसीले क्रिकेट संघको विधान पुनरावलोनका लागि सल्लाहकार समिति गठनको घोषणा गरेको छ । नेपाल भ्रमणमा रहेका आइसीसीका सीइओ रिचर्डसनले आगामी दुई हप्तामा आफ्नो मातहतमा सल्लाहकार समिति गठन गरिने जानकारी दिएका हुन् ।

सल्लाहकार समितिमा सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्रिकेटका सरोकारबाला पक्ष रहनेछन् । र, यसले क्यानको वर्तमान विधान पुनरावलानेकन गरी संशोधन गर्ने कि नयाँ ल्याउने भनेर आइसीसीलाई सुझाव दिने समेत रिचर्डसनले बताएका छन् । आइतबार राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा रिचडर्सनले दुइ बर्ष भित्रमा नेपाल क्रिकेट संघको बिधान बनाउने र संघको बिधान अनुसार चुनाव गराउने बताउँदै उक्त अवधिभर क्रिकेट संघ निलम्बनमा नै रहिरहने र ‘चुनावसम्म अहिले संघमाथि लगाइएको प्रतिबन्ध यथावत रहने समेत बताएका छन् । त्यसैगरी रिचर्डसनले नेपाललाई दिने भनिएको १० करोड रुपैयाँ पनि नदिइने स्पष्ट पार्दै भने आईसीसीले दिने १० करोड दिने छैन, तर अन्य साना सहयोग भने दिइने जनाएका छन्।