एनआरएनए फ्रान्सको ग्रीष्मकालीन भ्रमण सम्पन्न


फ्रान्स, एनआरएनए फ्रान्सले नेपाली समुदायलाई समुन्द्रको बारे केही ज्ञान अभिवृद्धि गराउने उद्देश्यले संघको स्थापनाकाल देखिनै वार्षिक रुपमा आयोजना गर्दै आएको ग्रिष्मकालीन भ्रमण कार्यक्रम अन्तर्गत आफ्नो नवौं ग्रिष्मकालिन भ्रमण सफलता पुर्वक सम्पन्न गरेको छ। 
यस पटकको सामुन्द्रिक भ्रमण आइतवार पेरिसबाट झण्डै २३० कि.मी पश्चिम तर्फ पर्ने (Plage dé deauvillie ) नामक समुunknown (1)न्द्रिक तटमा गरिएको थियो।

भ्रमणको लागी आयोजक एनआरएनए फ्रान्सले दुईवटा ठुला आरामदायि वसको व्यवस्था गरेको थियो। २ वटा बसमा खचाखच भरिएका नेपालीहरुले आफ्नो हातमा नेपाली झन्डा, ब्यानर र मादल बोकेर समुन्द्री तटमा पुगे पछि त्यहाँको बाताबरण नै नेपालमय बनेको भ्रमण दलमा सहभागी तथा एनआरएनए फ्रान्सका बरिष्ट उपाध्यक्ष सुबर्ण हमालले जानकारी गराए।
सहभागीहरूले बसको यात्रामानै एक अर्कामा चिनापर्ची गर्दै नेपाल र फ्रान्सको समसामायिक बिषयहरुमा विचार आदान प्रदान गरेका थिए भने साथ साथै लोक दोहिरी, टुक्का गित, कविता बाचन जस्ता कार्य गरेर मनोरन्जन गरेका थिए। ग्रिष्मकालिन भ्रमणका लागि समुन्द्रीतट पुगेका सहभागीहरुले खाना खाए पछि समुन्द्रमा पौडि, भलिबल लगायत विभिन्न खेलको माध्यमबाट सम्पूर्ण सहभागीहरूले भरपुर मनोरन्जन लिएका थिए। भ्रमण सुरक्षित र ब्यबस्थित बनाउनका लागि आई सि सि सदस्य मिन बहादुर जी. सीले सम्पूर्ण व्यवस्था मिलाएका थिए।
भ्रमणको अन्त्यमा एनआरएनए फ्रान्सका अध्यक्ष भक्त वाग्ले तथा कार्यक्रम संयोजक प्रविन सापकोटाले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए।